नेवा: अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रम सम्पन्न

दूरबिन नेपाल     १५ माघ २०७५, मंगलवार ०४:५२    

Anil Baral Real Estate

लस एन्जल्स, २८ जनवरी / नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरले श्रीपशुपतिनाथ तथा बुद्द मन्दिर नर्वाल्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हिजोको कार्यक्रममा ३० व्यक्तिले रक्तदान गरेका छन् ।
अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लोपटक सेप्टेम्बर ३०, २०१८ मा रक्तदानको आयोजना गरेको थियो ।
“आफ्नो धर्म तथा संस्कृति संरक्षणका यमरी पुजा, मह पुजा, इन्द्रजात्रा लगायत विविध सामाजिक कार्यलाई निरन्तरता दिँदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोगमा अन्य कार्यक्रम गर्दै जाने योजना छ ।” संस्थाका अध्यक्ष बिमल श्रेष्ठले बताए ।
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।


१५ माघ २०७५, मंगलवार ०४:५२ मा प्रकाशित