नेजा कार्यसमितिमा पूर्णता, सम्पूर्ण सदस्यलाई एनआरएनएको सदस्यता लिन आग्रह पत्रकार दिनेश कार्की सदस्यमा मनोनीत

दूरबिन नेपाल     १५ माघ २०७५, मंगलवार ०६:१६    

Anil Baral Real Estate

अमेरिका, २८ जनवरी / नेजाले रिक्त कार्यसमिति सदस्यको पदमा दिनेश कार्कीलाई मनोनीत गरेको छ । कार्यसमितिमा विधानको ५.१.१ बमोजिम मनोनीत गर्न रिक्त रहेको सदस्यमा बोष्टन निवासी दिनेश कार्कीलाई नेजाको पाँचौँ बैठकले मनोनीत गरेसँगै १७ सदस्य कार्यसमितिले पूर्णता पाएको हो । महिला कोटामा यस पहिले नै सानफ्रान्सिस्को निवासी प्रतिमा बाँस्कोटालाइ मनोनीत गरिसकेको छ ।
सोही बैठकले एनआरएनए अमेरिकाको जारी सदस्यता वितरण प्रक्रियामा सहयोग पुर्‍याउन तथा सदस्यता लिन बाँकी छ भने सबैलाई लिन समेत अनुरोध गरेको छ । विगतका एनआरएनए अमेरिकाको चुनावमा अमेरिकाको सानफ्रान्सिस्को, डल्लास लगायत विभिन्न भागमा उम्मेद्वारहरुको अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेको थियो ।


१५ माघ २०७५, मंगलवार ०६:१६ मा प्रकाशित