त्रिभुवन आर्मी  मदन भण्डारी स्मृति अन्तराष्ट्रिय इटहरी गोल्डकपकाे  फाइनलमा 

दूरबिन नेपाल     १६ माघ २०७५, बुधबार १४:३१    

Anil Baral Real Estate

 

इटहरी । माेफशलकाे मेची नेत्रायल फुटबल क्लबलाई ४–१ गाेल अन्तरले हराउदै   विभागिय टिम त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृति अन्तराष्ट्रिय इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेकाे छ ।

इटहरीमा बुधवार भएकाे खेलमा  आर्मी  उपहार गाेलबाट अग्रता लियाे ।  १० औं मिनेटमा ओलासुलेले आत्माघाती गोल गरे । त्यस पछि पहिलो हाफ सकिनै लाग्दा  सन्तोष तामाङले आर्मीकाे अन्तर दुगुना पारे ।  दोस्रो हाफमा विवेक बस्नेत र भरत खवासले गोल गरे ।

उपाधिका लागी आर्मीले अब मनाङ मर्याङ्दी र नेपाल पुलिस    मध्ये एक सँग  माघ  १९ गते खेल्नेछ । मनाङ र पुलिसकाे खेल बिहिवार हुने छ ।

फाेटाे गाेल नेपाल डट कम


१६ माघ २०७५, बुधबार १४:३१ मा प्रकाशित