डाक्टर केसीका माग सम्बोधन गर्न  पूर्वप्रधानन्याधीसहरू सुशीला र कल्याणकाे आग्रह पेशागत सङ्घद्वारा  केसीको जीवन रक्षाको माग

दूरबिन नेपाल     १६ माघ २०७५, बुधबार १५:१५    

Anil Baral Real Estate

काठमाडौँ ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेकी छिन् ।

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाइ ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्रा डा केसीले १६ औँ अनशनमा छन ।  हाल सो विधेयक जबर्जस्ती प्रतिनिधिसभाबाट पारित भैसकेको छ ।

डा केसीले अनशन शुरु भएको आज २२ दिन भएको छ । उनकाे उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् । पूर्वप्रन्या कार्कीले शिक्षण अस्पतालमा डा केसीलाई भेटगरेपछि सञ्चारकर्मीसित सङ्क्षिप्त प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा सुधारका लागि डा केसीले उएका मागमा  सरकार गम्भीर बन्नुपर्नेमा जाेड् दिइन ।

 उस्तै अर्का पूर्वप्रन्या कल्याण श्रेष्ठले मङ्गलवार नै डा केसीलाई भेट गरेका थिए ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा केसीले उठाएका  माग विधेयकमा सम्बोधन भैइसकेको बताउँदै आएका छन्  ।

अर्काेतर्फ  डा केसीको जीवन रक्षा र उनले उठान गरेका मागमा ऐक्यबद्धता जनाउँर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन जारी राखेको छ । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातभित्र अनशन, रिले अनशन तथा विरोधका कार्यक्रम नराख्न तथा नगर्न स्वास्थ्यकर्मीमा आग्रहसमेत गर्दै आएको छ ।

यसैबीच विभिन्न पेशागत सङ्घले अनशनरत् प्रा डा केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । पेशागत सङ्घका तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गर्नुभएको हो ।

यसरी माग गर्ने पेशागत सङ्घमा नेपाल डेमोक्रेटिक प्राध्यापक सङ्घ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर नेपाल, नेपाल शिक्षक सङ्घ, नेपाल स्वास्थ्यकर्मी एशोसिएशन , डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासङ्घ, नेपाल सांस्कृतिक सङ्घ, त्रिविवि प्राध्यापक सङ्घलगायत रहेका छन् ।
–––


१६ माघ २०७५, बुधबार १५:१५ मा प्रकाशित