ईश्वरले चाहेर नै डोनल्ड ट्रम्प राष्ट्रपति भएका हुन्- प्रेस सेक्रेटरी सेर्हा सेन्डर्स

दूरबिन नेपाल     १७ माघ २०७५, बिहीबार ०३:३२    

Anil Baral Real Estate

अमेरिका, जनवरी ३०/ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सेर्हा सेन्डर्सले ईश्वरले चाहेकाले डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिको पदमा आसिन भएको बताएकीछिन्। एक धार्मिक टेलिभिजन नेटवर्क क्रिश्चियन ब्रोड्कास्टिंग नेटवर्क (सिबिएन) लाई आज बुधवार दिएको एक अन्तरवार्ताको क्रममा सेन्डर्सले उक्त कुरा बताएकी हुन्। “मेरो बिचारमा ईश्वरले हामी सबैलाई बिभिन्न समयमा बिभिन्न भूमिका निर्बाह गर्ने जिम्मेवारी दिएका हुन्छन्, मलाई लाग्छ, ईश्वरले नै चाहेर डोनल्ड ट्रम्प राष्ट्रपति भएका हुन्”, स्यान्डर्सले सिबिएनका प्रश्नकर्ता ब्राडीलाई जवाफ दिएकी थिइन्। 

टेलिभिजन अन्तरवार्ताका दौरान उनले राष्ट्रपति ट्रम्पलाई धार्मिक समुदायको निकै बलियो समर्थन रहेको बताईन्।  वाशिंगटन पोस्टको एक रिपोर्ट अनुसार २०१६ को राष्ट्रपतीय चुनावमा करीब ८० प्रतिशत धार्मिक विश्वासको भोट ट्रम्पलाई गएको अनुमान गरिएको थियो। 

एक प्रश्नको जवाफ दिंदै राष्ट्रपतिको सिमा सुरक्षा पर्खाल योजनाको बिरोध गर्ने डेमोक्रेटहरुले अरुलाई नैतिकताको पाठ पढाउनु राम्रो नभएको भनेकी छिन्। 

तस्बिर: गेटी इमेज


१७ माघ २०७५, बिहीबार ०३:३२ मा प्रकाशित