यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे सिरिजकाे पहिलाे खेलमा नेपाल पराजित

काठमाडौँ । एक दिवसीय सिरिज जितेर उत्साहित बनेकाे नेपाल यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे पहिलाे खेलमा भने नेपाल चुकेकाे छ । बिहिवार दुवइमा भएकाे सिरिजकाे पहिलाे खेलमा नेपाल यूएई २१ रनले पराजित भयाे ।
एक सय ५४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल पुरा ओभर खेल्दै सात विकेट खर्चदा एक सय ३२ रनमा समेटियाे । पहिलाे वलमा नै प्रदिप एरीलाइ शुन्यमा गुमाएकाे नेपालका लागि डेब्यु म्याचमा सन्दीप जाेराले अर्धरतक बनाए । उनले ४६ बलमा तीन चाैक र एक छक्काकाे सहयाेगमा ५३ रन जाेडेका थिए ।
नेपालले ३२ रनकाे स्थितिमा ज्ञानेन्द्र मल्ललाइ व्यक्तगत सात रनमा गुमाएकाे थियाे । त्यस पछि दीपेन्द्र सिह एरी पनि चार रनमा समेटिए । कप्तान पारस खड्काले २५ रन बनाउदा उनी चाैथाे विकेटकाे रूपमा पेभिलियन फर्किए । जुन समय टिमकाे स्काेर ४८ रहेकाे थियाे । त्यस पछि साेमपाल कामीले २७ रन जाेडे पनि राेहित पाैडेल ४ र करण केसी ४ रनमा समेटिए । सन्दिप लामिछाने दुइ रनमा अविजित रहे ।यूएईका कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए ।
यस अधि टस जितेकाे नेपालले घरेलु टिमलाइ व्याटिङका लागि बाेलाएकाे थियाे । युएईले पुरा ओभर खेल्दै ६ विकेट खर्चर एक सय ५३ रन बनाएको थियो । युएईका लागि साइमन अनवरले अर्धशतकीय पारी खेले । उनले ५९ रन बनाए, यस्तै मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रन जाेडेका थिए ।
वलिङमा सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ तथा सोमपाल र अविनाशले १–१ विकेट लिए । अब शुक्रवार सिरिजकाे दाेस्राे खेल हुने छ ।
तस्वीर : रमण सिवाकाेटी
१७ माघ २०७५, बिहीबार १३:०७ मा प्रकाशित