नेपालले युएईलाई चार विकेटले हरायाे,दीपेन्द्र र पवनले देखाए धैर्यता

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) बिरूद्दकाे ट्वान्टी ट्वान्टी क्रिक्रट सिरिजकाे दाेस्राे खेलमा नेपाल विजयी भएकाे छ । दुवइमा शुक्रवार भएकाे खेलमा नेपालले यूएईलाई ४ विकेटले हरायाे ।
नेपालले एक सय आठ रनकाे लछ्य तीन वल बाँकी छदा ६ विकेट खर्चर पुरा गर्याे । नेपालकाे जीतकाे आधार दीपेन्द्र ऐरी र पवन सर्राफले तयार गरे । ११ ओभरमा नेपालले सन्दीप जाेरालाइ पाँचाै विकेटकाे रूपमा गुमाउदा ४६ रन मात्र जाेड्न सकेकाे थियाे । त्यस पछी दीपेन्द्र र पवनले छैटाै विकेटका लागि ७७ रनकाे साँझेदारी गरे । दीपेन्द्र अर्धशतक बनाउनबाट मात्र तीन रनले चुके । उनी ४७ रनमा अविजित रहेछ । पवन भने १८ रनमा पेविलियन फर्किए ।
कप्तान पारस खड्का शुन्य, उप कप्तान ज्ञानेन्द्र मल्ल मात्र सात रनमा पेविलियनकाे बाटाे समाउदा करण केसीले २० रन जाेडेका थिए । बिहिवार ट्वान्टी ट्वान्टीमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेकाे सन्दीप जाेरा पनि एक रनमा समेटिएका थिए ।
यस अधि दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै एक सय सात रन बनाएकाे थियाे ।
युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका पनि ६ जना ब्याट्सम्यानले दोहोरो अङ्क जाेड्न सकेनन ।
युएईलाई राेक्ने क्रममा नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई÷दुई विकेट लिए ।
शुक्रवारकाे जीत सँगै सिरिज एक एककाे बराबरीमा भएकाे छ । तेस्राे तथा अन्तिम खेल आइतबार हुने छ । यस अधि एक दिवशिय सिरिज पनि नेपालले जितेकाे थियाे । पहिलाे खेल गुमाएकाे नेपालले पछिल्ला दुइ खेल जित्दै सिरिज हात पारेकाे थियाे ।
तस्वीर रवण सिवाकाेटी
१८ माघ २०७५, शुक्रबार १३:२१ मा प्रकाशित