ओली सरकार विरूद्द नेपाली काँग्रेसकाे देशव्यापी प्रदर्शन 

दूरबिन नेपाल     २१ माघ २०७५, सोमबार १२:३४    

Anil Baral Real Estate

 

काठमाडौं ।  नेपाली काँग्रेसले सरकारविरुद्ध काठमाडौंमा सहित देशभर प्रदर्शन गरेकाे छ ।  सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले साेमवार देशव्यापी प्रदर्शन गरेकाे हाे । काँग्रेसले सबै जिल्लामा  र्‍यालीसहित विरोध प्रदर्शन गर्याे ।

प्रदर्शनका लागि केन्द्रीय नेताहरू जिल्ला पुगेका थिए । प्रदर्शनमा काँग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

नेपाली काँग्रेस कैलालीको आयोजनामा सोमबार धनगढीमा गरिएको विरोध प्रदर्शनका सहभागी । तस्वीरः सिद्धराज भट्ट, धनगढी, रासस

 

नेपाली काँग्रेस भोजपुरले सरकार विरुद्ध सदरमुकाममा निकालेको ¥याली । तस्वीरः युवराज विष्ट, भोजपुर, रासस

 

नेपाली काङग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको विरोध ¥यालीमा सम्बोधन गर्दै नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्रपौडेल । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ) गण्डकी प्रदेश÷ रासस

.

जिल्ला सदरमुकामको भिमदत्त शालिकमा नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस डडेल्धुरा सभापति तथा प्रदेश सांसद कर्णबहादुर मल्ल । तस्वीर : धनबहादुर भण्डारी, डडेल्धुरा, रासस ।

२१ माघ २०७५, सोमबार १२:३४ मा प्रकाशित