युरोपको चर्चित क्लव एसी मिलानको फुटबल क्याम्प काठमाडौमा हुने

दूरबिन नेपाल     २२ माघ २०७५, मंगलवार १३:५३    

Anil Baral Real Estate

काठमाडौं । युरोपको चर्चित क्लव एसी मिलानको फुटबल क्याम्प काठमाडौमा हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाको स्वीकृतिमा चैत २४ देखि ३० गते सम्म हुने क्याम्पमा  १७ वर्ष मुनीका युवाहरु सहभागी हुन सक्नेछन् । आयोजक एटलान्टिक स्पोट्र्स म्यानेजमेन्टका अनुसार अधिकतम १०० युवालाई सहभागी गराइनेछ । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट मुख्य प्रशिक्षक आउनेछन् भने नेपाली प्रशिक्षकले सघाउनेछन् ।

उत्कृष्ट एक जनालाई एसी मिलान क्लबमा एक साता प्रशिक्षणको अवसर दिइने आयोजकले जनाएको छ ।

 


२२ माघ २०७५, मंगलवार १३:५३ मा प्रकाशित