प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

दूरबिन नेपाल     २३ माघ २०७५, बुधबार २३:१६    

Anil Baral Real Estate

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ । 

पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गर्नुभएको थियो । 

महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्नु भएको काँग्रेसले जनाएको छ । 

(रासस÷सिन्ह्वा)

तस्वीर : प्रियंकाको ट्विटरबाट 


२३ माघ २०७५, बुधबार २३:१६ मा प्रकाशित