महिला फुटलबमा खुसीकाे दिन : नेपालले भारतलाई पहिलाे पटक हरायाे

काठमाडाै । नेपाली महिला राष्ट्रीय टिमले साेमवार ऐतिहासिक सफलता हात पारेकाे छ । भारतमा जारी हिराे महिला गोल्डकप फुटबल नेपालले भारतलाई एकका बिरुद्द दुई गाेलले हरायाे । नेपाली महिला टाेलीले भारतीय महिला फुटबल टिमलाई हराएकाे याे पहिलाे अबसर हाे ।
भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएकाे खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरिन । नेपाल आसन्न साफ च्याम्पियनशिपकाे तयारीमा छ । आफ्नाे तयारी बलियाे बनाउन भन्दै राष्ट्रीय टिमका पुर्व कप्तान तथा चर्चित खेलाडी हरि खड्काकाे प्रशिक्षणमा रहेकाे नेपाली महिला टिम याे प्रतियाेगिता खेल्न गएकाे हाे ।
पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब थियाे । नेपाल अब इरान सँग खेल्ने छ ।
तस्वीर गाेल नेपाल
२८ माघ २०७५, सोमबार १६:०३ मा प्रकाशित