अमेरिकी काँग्रेस र सिनेटबाट सरकारी खर्च विधेयक पारित ट्रम्पद्वारा सङ्कटकाल घोषणा गर्ने सम्भावना

दूरबिन नेपाल     ३ फाल्गुन २०७५, शुक्रबार ०४:०६    

Anil Baral Real Estate

अमेरिका, १४ फेब्रुअरी/ अमेरिकी सरकार आंशिकरुपमा बन्द हुने एक दिन अगावै अमेरिकी काँग्रेस र सिनेटबाट सरकारी खर्च विधेयक पारित भएको छ । पारित खर्च विधेयकमा हस्ताक्षरसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सङ्कटकालको घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
सिनेटमा भएको खर्च विधेयकको मतदानमा पक्षमा ८३ मत तथा विपक्षमा १६ मत परेको थियो । भर्खरै काँग्रेसमा भएको मतदानमा खर्च विधेयकको पक्षमा ३०० र विपक्षमा ११८ मत खसेको थियो ।
राष्ट्रपति ट्रम्पले अमेरिका-मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर छुट्ट्याउन माग गरेका थिए । आज पास भएको विधेयकमा १ दशमलव ३७५ बिलियन डलर मात्र सिमानामा तारबार लगाउनको लागि छुट्ट्याइएको छ ।
तस्वीर: सिएनएन


३ फाल्गुन २०७५, शुक्रबार ०४:०६ मा प्रकाशित