एनआरएनए अमेरिकाको आकस्मिक बैठक केही बेरमा समय थपिने सम्भावना न्यून

दूरबिन नेपाल     ३ फाल्गुन २०७५, शुक्रबार २२:२९    

Anil Baral Real Estate

फेब्रुअरी १५

‘सरभरमा बारम्बार देखिएको कमजोरी र सदस्य बन्न चाहनेहरूलाई परेको समस्या’ का विषयमा छलफल गर्न एनआरएनए अमेरिका कार्यसमितिको आकस्मिक बैठक केही बेरमा वस्तै छ । प्रवक्ता विनोद कुमार तिवारीका अनुसार बैठक न्यु योर्क समय अनुसार साँझ ७ बजे बस्नेछ । बैठकमा ‘वेबसाइट, सरभर इरर र सदस्यता लिने चाहनेहरूको बढ्दो चाप’ का विषयमा छलफल हुने छ । प्राविधिक समस्याका कारण सदस्यता लिने समय अवधि केही घण्टा थप्नु पर्ने केही सदस्यहरूको माग भए पनि धेरै सदस्यहरू थप्न नहुने पक्षमा रहेका कारण समय थपिने सम्भावना भने न्यून छ । केही सङ्घ संस्था र समुदायका अगुवाहरूले पनि समय अवधि नथप्न दबाब दिइरहेका छन् ।

आइटी टिमका एक सदस्यका अनुसार डोमिन प्रोभाइडर र सरभर प्रोभाइडरको रूपमा रहेको गो ड्याडीको कमजोरीले यो समस्या आएको हो । ट्राफिक बढ्दा सरभर प्रोभाइडरबाट यस्तो समस्या आउन सक्छ भन्नेमा वेबसाइट निर्माण समिति र आइटी समिति समयमा जानकार नहुँदा पनि यो समस्या आएको हो । बिहीबार दूरबिन नेपालसँगको कुराकानीमा आइटी टिम संयोजक स्वराज खातीले वेबसाइटको समस्या नभई सरभरमा मात्र समस्या रहेको बताए । खातीका अनुसार ट्राफिक बढ्दा सरभरमा समस्या देखिएको हो । ‘सरभर इरर’ को खास कारण बाहिर लान नसक्दा अनेक आरोप खेपिरहेको एनआरएन अमेरिकाको विश्वसनीयता र साख आम समुदायमा झनै गुम्दै गएको छ ।


३ फाल्गुन २०७५, शुक्रबार २२:२९ मा प्रकाशित