एनआरएन अमेरिकाको सदस्य बन्ने लिंक बन्द, मार्च १ बाट पुनः सदस्यता खुल्ने एनआरएन अमेरिकामा ८ हजार ९२२ सदस्य

दूरबिन नेपाल     ४ फाल्गुन २०७५, शनिबार ०६:४५    

Anil Baral Real Estate

फेब्रुअरी १५
सदस्यताका लागि समय नथप्ने पुरानै निर्णयलाई निरन्तरता दिँदै एनआरएनए अमेरिका कार्यसमितिको आकस्मिक बैठकले गरेकोको निर्णय बमोजिम सदस्य बन्ने लिंक बन्द भएको छ । एनआरएनए अमेरिकाको वेबपेज मा सदस्यताको लिंकमा क्लिक गर्दा सदस्य बन्न खोज्नु भएकोमा धन्यबाद छ, पुन: मार्च १, २०१९ मा प्रयास गर्नुहोला भन्ने संदेश आउँछ ।
छानबिन समिति र सुपरिवेक्षण समितिले काम सकेपछि मात्र वेबसाइटको सदस्यता दरखास्त दिने स्थान पुन खुला गर्ने योजना संस्थाको छ ।

एनआरएन अमेरिकामा ८ हजार ९२२ सदस्य

आज फेब्रुअरी १५ बेलुका ११:५९ बजेका दीन (पुर्बिय समय अनुसार) एन आर एन अमेरिकाको सदस्यता (२०१९/२१ को निर्बाचन प्रक्रियामा सहभागी हुने ) आबेदन गर्ने समय सम्म शुल्क तिर्ने सदस्य संख्या ८ हजार ९२२ जना, स्वीकृत सदस्य संख्या ४ हजार ९८४ र शुल्क नतिर्ने संख्या १ हजार ५६६ जना रहेको सुपरिवेक्षण समिति र सदस्यता भेरिफिकेशन समितीले प्रकाशित गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।


४ फाल्गुन २०७५, शनिबार ०६:४५ मा प्रकाशित