शेर्पा किदुगका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ सँगै पदभार ग्रहण, दुई जना अनुपस्थित 

दूरबिन नेपाल     ४ फाल्गुन २०७५, शनिबार १५:५०    

Anil Baral Real Estate

न्युयाेर्क । युनाईटेड शेर्पा एशाेशिएशन अमेरिका अन्तर्गत शेर्पा किदुगका नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले शुक्रवार साँझ पद तथा गाेपनीयताकाे सपथ गरेका छन् ।

ज्याक्सन हाईट स्थित शेर्पा किदुग गुम्वामा आयाेजित कार्यक्रममा पदाधिकारीहरुलाई अवतरी लामा (टुल्गु) उर्गेन शेर्पाले पद तथा गाेपनियताकाे सपथ गराए । लामाद्वारा मन्त्राेचारण सहित शुरु भएकाे  कार्यक्रममा पदाधिकारीले शेर्पा भाषा र नेपाली भाषामा गरि सपथ ग्रहण गरेका थिए ।

फेब्रुअरी २ तारिकका दिन सम्पन्न अधिवेशनले शेर्पा किदुगकाे नयाँ कार्यकालका लागि ११ जना सदस्य निर्वाचित गरेकाे थियाे । शेर्पा किदुगको विधान अनुसार अधिवेशनबाट सुरुमा ११ जना सदस्य निर्वाचित हुन्छन् । सोही ११ जना सदस्य मध्येबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायत पदहरू चुन्ने गर्दछ। कार्यसमितिका लागि ११ जनानै निर्विरोध भएका थिए ।

११ जना बीचमा पद बाड्फाड् भने विवादित बन्न पुगेकाे थियाे । साेही कारण दुई जनाले सपथ अगाडि नै राजनीनामा दिएका थिए । मुख्यतय अध्यक्ष उर्गेन शेर्पाकाे कार्यकालमा केही विवादास्पद कार्यहरु भएकाे, आर्थिक पारदर्शिता नभएकाे,  साधरण सभाबाट पारित नै नगरि ट्याक्स फाइल गरेकाे तथा ताेकिए भन्दा बढी पेटी क्यास खर्च गरेकाे जस्ता आराेप लागेका थिए ।  ११ जना मध्येबाट उर्गेन नै पुन अध्यक्ष बने पछि  उपाध्यक्ष इन्जिनियर तेम्बा शेर्पा र सदस्य ओभरसियर जाङ्बु शेर्पाले राजीनामा दिएका थिए ।

राजीनामा दिएका व्यक्तिकाे पद खाली राख्दै अन्यलाई सपथ खुवाईएकाे हाे । महासचिवमा कर्मा लामा र काेषाध्यक्षमा श्रीमती छिरिङ्ग शेर्पाले सपथ लिए । शेर्पा किदुगमा  ११ जना निर्वाचित र ४ जना मनाेनित गरि १५ सदस्यीय कार्य समिति रहन्छ ।

शेर्पा किदुग अमेरिकामा रहेका नेपाली समुदायमा सबै भन्दा सङ्गठित र बलियो सस्था हाे ।  आर्थिक रुपमा सबल, सङ्गठित र अनुशासित संस्थामा गनिदै आएकाे शेर्पा किदुगमा उर्गेन शेर्पा अध्यक्ष भए पछि भने केही विवादहरु बाहिर आएका हुन । मुख्यतय अध्यक्ष उर्गेनकाे कार्यशैलीमा विवाद हुने गरेकाे छ ।

 

 

 

 

 

 

फाेटाे : शेर्पा किदुगकाे फेशबुकबाट 


४ फाल्गुन २०७५, शनिबार १५:५० मा प्रकाशित