एनआरएनए अमेरिकामा उम्मेदवारी दिन खुला अध्यक्षमा तीन जनाको उम्मेदवारी आउँदै

दूरबिन नेपाल     ६ फाल्गुन २०७५, सोमबार ०३:२२    

Anil Baral Real Estate

अमेरिका /

एनआरएनए अमेरिकामा निर्वाचनको एक महिना अगाडि मात्र उम्मेदवारी घोषणा गर्नु पर्ने आचार संहिता खारेज भएको छ । उपाध्यक्ष रामकुमार सुवेदीले आइतबार कार्यसमितिमा आचार संहिता खारेज गर्दै उम्मेदवारी सार्वजनिक गर्न खुला गर्नु पर्ने प्रस्ताव इमेल मार्फत पठाएका थिए । अध्यक्ष डाक्टर केशव पौडेलले सुवेदीको प्रस्तावमा मत जाहेर गर्न कार्यसमितिका सबैलाई आह्वान गरे । सुवेदीको प्रस्तावको विपक्षमा सञ्जय थापा र बाल जोशीले मात्र मत जाहेर गरेका थिए । कार्यसमितिको बहुमतले उम्मेदवारी दिन खुला गर्नु पर्ने मत जाहेर गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै रामकुमार सुवेदीले भने “दुई वर्ष पछि हुने राष्ट्रपति निर्वाचनमा अहिले उम्मेदवारी घोषणा गरेको देशमा बसेर दुई महिना पछि हुने निर्वाचनमा उम्मेदवारी दिन रोक्नु प्रजातान्त्रिक अभ्यास भएन भन्ने लागेर कार्यसमिति प्रस्ताव पेस गरे । बहुमतले अनुमोदन ग¥यो ।”
सदस्यताको लागि आवेदन आइसकेको अवस्थामा आकंक्षिले उम्मेदवारी घोषणा गर्दा केही फरक नपर्ने भएका हुँदा खुला गरिदिनु पर्ने भन्दै बहुमतले इमेलबाट प्रस्तावको पक्षमा उभिएका थिए । आचार संहिताको बन्देज खुला भएका कारण केही दिनमा नै वरिष्ठ उपाध्यक्ष सुनिल शाह र बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडेले उम्मेदवारी सार्वजनिक गर्ने धेरैले अनुमान गरेका छन् । पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले यस अघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।


६ फाल्गुन २०७५, सोमबार ०३:२२ मा प्रकाशित