अन्तरिक्षको अध्ययनमा संस्कृत भाषा प्रयोगमा ल्याउन नासाको  प्रयास  सानफ्रान्सिस्काेमा "जयतु संस्कृतम्" बारे छलफल

दूरबिन नेपाल     ६ फाल्गुन २०७५, सोमबार ०६:२७    

Anil Baral Real Estate

-सुदर्शन नेपाल /

सानफ्रानसिस्को /
संस्कृत भाषासँगै विकास भएको पूर्वीय संस्कार र संस्कृति मानव जीवन र जगतको जीवनधारा हो । संस्कृत भाषा समग्र मानव समाजको विकासको आधारशिला पनि हो । विश्व समुदाय विकासको चरमसिमा तर्फ लम्कँदै गर्दा संस्कृत भाषाको आवश्यकता र महत्त्व झनै बढेर गएको छ । आधुनिक विज्ञानको मियो मानिने नासाले नै संस्कृत भाषा विश्व कै संवृद्ध, परिस्किृत र पुरानो भाषा भएको स्वीकार गर्‍यो । यति मात्र होइन अन्तरिक्षको अध्ययनमा प्रयोग हुने कम्प्युटर र सूचना प्रविधिमा संस्कृतलाई प्रयोगमा ल्याउन नासाले प्रयास समेत गरिरहेको छ । पूर्वीय दर्शनका अनुयायीहरूलाई यो खुसीको खबर हो । संस्कृतको अध्ययन र अभ्यास गरिरहेका कतिपय नेपालीहरू अहिले अमेरिकामा यसको प्रवर्धनमा टेवा पुर्‍याउन जुटेका छन् ।
आइतबार जयतु संस्कृतम् अमेरिका तथा विश्व अध्यात्म केन्द्रको आयाेजनामा अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्सिस्काेमा एक छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफलमा संस्कृत एवम् विश्व अध्यात्म केन्द्रको हालका गतिविधि एवम् भावी योजनाका बारेमा छलफल भयो ।
कार्यक्रममा जयतु संस्कृतम् अमेरिकाका संयोजक चूडामणि पाठकले संस्कृत र यसले हाम्रो समाज र संस्कारमा पुर्याएकाे याेगदानकाे चर्चा गर्दै संस्कृत भाषालाई विश्वव्यापी रूपमा प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विश्व अध्यात्म केन्द्रका संयोजक पिपलमणि सिग्देलले विश्वशान्तीका लागी संस्कृत संस्कृत भाषाले खेलेको भूमिका र अध्यात्मले मानव जीवनमा पुर्याएकाे अतुलनीय विविधता एवम् शिक्षा र संस्कारका विविध पक्ष बारे प्रकाश पार्नुभयो !
संस्कृतले मानवको विकासक्रममा अहम् भूमिका निर्वाह गर्दै रूपान्तरणका क्रममा मानवजातीलाई दिएको शिक्षा र यसले दिएको आफ्ना संस्कृति प्रतिको जगेर्ना गर्ने स्वभाव हामी सबैलाई विदितै छ ।
छलफलमा बाल्मिकी विद्यापीठका पूर्व विद्यार्थी एवम् चर्चित कलाकार देवीराम पराजुली (भोक लाग्यो), धुर्व दाहाल लगायतले जयतु संस्कृतम् र संस्कृत भाषाकाे आवश्यकता बारेमा आफ्ना आफ्ना धारणाहरू राख्नुभएको थियो ।


६ फाल्गुन २०७५, सोमबार ०६:२७ मा प्रकाशित