अमेरिकामा सक्रिय नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री सम्मानीत 

दूरबिन नेपाल     २२ फाल्गुन २०७५, बुधबार १६:०२    

Anil Baral Real Estate

न्युयाेर्क । अमेरिकाकाे व्यापारिक राजधानी न्युयाेर्कमा सक्रिय अधिकारकर्मी नर्बदा क्षेत्री सम्मानित भएकी छिन । महिलाहरुकाे एतिहासिक महिना मार्चमा नाेटेवल उमेन इन हुमन सर्भिसले नर्बदा सहित ७१ जनालाई प्रश‍सा पत्र सहित सम्मान गरेकाे हाे । मानव सेवामा सक्रिय अधिकारकर्मीहरुलाई यस्ताे सम्मान दिने गरिन्छ ।

 

नर्बदा ‘अधिकार’ सस्थामा क्रियाशिल छिन । अधिकार न्युयाेर्कमा नेपालीहरुद्वारा सन्चालित गैरनाफामुलक सस्था हाे । याे सस्थाले मुख्तय अमेरिकामा रहेका नेपाली महिला,बालबालिका र जेष्ठ नागरिककाे क्षेत्रमा काम गर्ने गर्दछ । न्युयाेर्कका सरकारी निकायले नेपाली मध्येमा बढि सुनुवाई गर्ने सस्थामा अधिकार अगाडि छ । अधिकारकै पहलमा नेल तथा शेलुन व्यवसायमा सुधारका साथै नेपाली भाषामा नै परिक्षा दिन पाउने व्यवस्था गरिएकाे छ ।

सम्मानीत भए पछि दूरबिन नेपाल सँगकाे कुराकारीमा नर्बदाले याे क्षेत्रमा काम गर्नेहरु बीचमा याे सस्था र याे व्यक्ति पनि छ है भन्ने स्थापति भएकाे र त्याे नै खुसीकाे कुरा भएकाे बताइन । ‘नेपालीहरु बीचमा त अधिकार भन्ने थाहा थियाे तर अब अन्य समुदायलाई पनि हाे यस्ले पनि काम गर्दाे रहेछ भन्ने परेकाे छ ।’

 

‘न्युनआयभएका अभिभावकका केटाकेटी स्कूल पछि घरमा नै खुम्चिनु पर्ने अवस्था छ,हाम्राे माग त्यस्ता बच्चाहरुका लागि पनि सिटिले अफ्टर स्कूल चलाउनु पर्छ भन्ने हाे । यस्तै जेष्ठ नागरिक बस्ने स्थानहरुकाे पनि सुविधा बढाउनु पर्छ भन्ने आवाज हामीले उठाइरहेका छाै ।’ उनले थपिन ।


२२ फाल्गुन २०७५, बुधबार १६:०२ मा प्रकाशित