काँग्रेस जिल्ला सभापतिहरुलाई देउवाकाे चुनाैति : विषेश महाधिवेशन बाेलाएर देखाउनुस

विराटनगर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिल्लासभापतिहरुलाई विषेश महाधिवेशन बाेलाएर देखाउन चुनाैती दिएका छन् । विराटनगर विमानस्थलमा बिहवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले केन्द्रिय समितिकाे निर्णय नउल्टिने पनि सकेत गरे । ‘जिल्ला सभापतिहरुका केही असहमति हाेलान ती बारेमा म बुझ्छु’
५६ जिल्ला सभापतिहरुले साझा विज्ञप्ती जारी गर्दै महासमितिकाे निर्णय र निर्देशनलाई केन्द्रिय समितिले उल्टाउन नपाउने यदी त्यसाे भएमा विषेश महाधिवेशन सम्म जानु पर्ने भन्दै धम्मि दिएका थिए ।
केही महिना अगाडि काठमाडाैमा सम्पन्न महासमिति बैठकले केन्द्रिय पदाधिकारी तथा सदस्यहरु पार्टीकाे आगामी महाधिवेशनमा स्वत प्रतिनिधि हुने व्यस्था खारेज गर्दै हरेक पटक वडा स्तरबाट नै निर्वाचित हुदै आउनु पर्ने व्यवस्था राख्न भनेकाे थियाे । साे समयमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेलले मन्चबाट प्रतिवद्दता पनि जनाएका थिए । तर केन्द्रिय समितिकाे बैठकमा देउवा पछाडि हटे ।
देउवाले आफु विरुद्द हालै चाक्सीबारीमा भएकाे बैठकलाई सामान्य कुराकाे रुपमा लिएकाे बताए । उनले साथीहरुबीचमा छलफल हुनुलाई आफुले कुनै अनाैठाे रुपमा नलिएकाे बताए । आफु कार्यकाल लम्ब्याउने पक्षमा नरहेकाे दावी गर्दै देउवाले भने ‘ पार्टीको अधिवेशन तोकिएको समयमा हुन्छ । ‘
पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र त्यही भएर आफूले वीरगञ्जमा जवाफ दिएको बताए । “पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उनले भने । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो ।
सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताए । देउवाले नेवि सङ्घको तदर्थ समिति चाँडै गठन गरिने बताए ।
राससकाे सहयाेगमा
२३ फाल्गुन २०७५, बिहीबार १३:३९ मा प्रकाशित