भारतमा लडाकू जेट विमान दुर्घटना

दूरबिन नेपाल     २४ फाल्गुन २०७५, शुक्रबार १२:२४    

Anil Baral Real Estate

नयाँ दिल्ली ।  भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।  भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

रासस


२४ फाल्गुन २०७५, शुक्रबार १२:२४ मा प्रकाशित