भारतको झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

दूरबिन नेपाल     २५ फाल्गुन २०७५, शनिबार १०:४७    

Anil Baral Real Estate

नयाँ दिल्ली ।  भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।  झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका दश जनामध्ये तीन जना महिला र दुई जना बालबालिका पनि रहेका छन् ।

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको बताइएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

(रासस/सिन्ह्वा)


२५ फाल्गुन २०७५, शनिबार १०:४७ मा प्रकाशित