अमेरिकामा कुलमान घिसिङ्गलाई भ्याइनभ्याई, विदेशमा बस्ने  नेपालीमा देशकाे विकास हाेस भन्ने  सकारात्मक साेच पाए

बिष्णुहरि घिमिरे - दूरबिन नेपाल     २५ फाल्गुन २०७५, शनिबार १४:१०    

Anil Baral Real Estate

बिष्णुहरि घिमिरे – दूरबिन नेपाल

 

न्युयाेर्क । नेपालमा लाेडसेडिङ्ग हटाउन ‘नायकत्व’ भुमिका खेलेका नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्ग अहिले अमेरिका भ्रमणमा छन । नेपाली उर्जा क्षेत्रमा भएकाे ‘चमत्कारिक’ परिवर्तनका बारेमा प्रचवन दिन विश्व बैककाे निम्ताेमा उनी अमेरिका आएका हुन ।

असम्भव जस्तै कामलाई सम्भव बनाएका कुलमानले  विश्व बैककाे फाेरममा नेपाल कसरी लाेडसेडिङ्ग मुक्त भयाे भन्नेमा कार्यपत्र नै प्रस्तुत गरे । विषेशत  हिजाेका दिनमा नेपाल जस्तै लाेडसेडिङ्गकाे  विकाराल समस्या झेलेका विश्वका अन्य मुलुकका लागि कुलमानकाे कार्यपत्र ‘सन्जीवनी’ हुन सक्छ ।

‘नेपालमा पावर सेक्टरमा कसरी चेन्ज भयाे, एकाएक कसरी लाेडसेडिङ्ग हट्याे, कसरी व्यवस्थापन गरियाे भन्ने अनुभव नै सेयर गरेकाे हु ।’  कुलमानले दुरबीन नेपाल सँग भने । कार्यक्रममा अफ्रिका सहित विश्वका अन्यमुलुकका उर्जाक्षेत्रमा कार्यरत व्यक्तिहरुकाे जमघट थियाे ।

उर्जा मन्त्रालयका सचिव  दिनेश घिमिरेकाे नेतृत्वमा आएका  कुलमानले विश्व बैक सँग नेपालमा बन्न लागेका ठूला परियाेजनामा लगानी गर्ने सम्वन्धमा पनि छलफल भएकाे बताए । ‘उर्जा मन्त्रालयका सचिव ज्यूकाे नेतृत्वमा रहेकाे हाम्राे टाेलीले नेपालमा ठूला प्राेजेक्टहरुमा लागनी गर्ने सम्वन्धमा पनि छलफल गर्याे, बैकका अधिकारीहरु सकारात्मक छन्, हालका लागि हाम्राे छलफल अपर अरुण लगायतमा बैककाे लागनीबारेमा भयाे । ‘

 

नेपालकाे बिकास देख्न चाहाने धेरै भेटे 

 

विश्व बैककाे कार्यक्रम पछि कुलमान  झनै व्यस्त बनेका छन् । अमेरिकामा रहेका नेपाली बीचमा उनीप्रति देखिएकाे जवर्जस्त ‘क्रेज’ लाई ब्यव्थापन गर्न उनलाई हम्मेहम्मे परेकाे छ । डिसिमहानगर क्षेत्रमा कार्यरत तामाङ्ग साेसाइटी अफ ग्रेटर वासि‌टनले कुलमानकाे सम्मानमा विषेश कार्यक्रम नै आयाेजना गर्याे । यस्तै तामाङ्ग साेसाइटी अफ न्युयाेर्कले पनि कुलमान सँग अन्तर्क्रिया कार्यक्रम गह्याे । शनिवार साँझ क्यालिफार्निया जानु अघि उनी ज्याक्सनहाइटमा हुने  कार्यक्रममा सहभागि हुदै छन् । ज्याक्सन हाइटमा  अमेरिकी सडकलाई सगरमाथा नामाकरणकाे औपचारिकता दिइदै छ । नेपाली समुदाय र न्युयाेर्क सिटिले आयाेजना गर्ने कार्यक्रमका कुलमानलाई अभिनन्दन गरिदैछ ।

कुलमानले विदेशमा बस्ने नेपालीमा देशकाे विकास र राम्राे कुरा देख्ने चाहाना भएकाे आफुले पाएकाे प्रतिक्रिया दिए । ‘जहाँ गए पनि नेपालीमा  सकारात्मक साेचकाे विकास भएकाे छ, खासमा मैले मेराे दायित्वपूरा गरेकाे हुँ, लाेडसेडिङ्ग अन्तभयाे त्यसले केही राम्रा हुदा माँया पाइदाे रहेछ भन्ने देखायाे ।’  विदेशमा रहेका नेपाली नेपालकाे राम्राे हाेस विकास हाेस भन्ने नै चाहादा रहेछन ।

 

न्युयाेर्क विद्युत प्राधिकरणमा जम्का भेट 

कुलमानले  न्युयाेर्क बिद्युत प्राधिकरणकाे  पनि भ्रमण गरे  । उनले न्युयाेर्क प्राधिकरणका अधिकारि सँग विद्युत उत्पादन प्रक्रिया र वितरणका बारेमा  छलफल गरे । न्युयाेर्क विद्युतमा कार्यरत नेपाली इन्जीनियर सुर्य लम्सालकाे पहलमा कुलमान विश्वकाे आर्थिक राजधानी न्युयाेर्ककाे विजुली अड्डामा  झण्डै एक घण्टा विताए ।

 

उनलाई  न्युयोर्क बिद्युत प्राधिकरणका इञ्जिनियरिङ्ग विभागका उपाध्यक्ष  रबर्ट नोल्टनले  स्वागत  गरे । यस्तै न्युयोर्क बिद्युत प्राधिकरण का बैज्ञानिक फर्नान्डो साभेड्राले कम्पनीकाे भ्रमण  गराउनाका साथै   कर्माचारीहरु सँग  भेटधाट र छलफल गरेका थिए । ‘बिद्युत क्षमता कसरी बढाउने, आधुनीक प्रविधिकाे प्रयाेग, हाइभाेल्टेजकाे ट्रान्समिशन लाईनका बारेमा जानकारी लिए, भेटघाट राम्रै भयाे ‘ कुलमानले भने । यस्तै  अमेरिका र क्पानाडाकाे सिमानामा रहेकाे “नायागरा” नदीबाट उत्पादित बिद्युत र त्यसकाे बाँड्फाडका बारेमा छलफल केन्द्रित भएकाे थियाे ।

इन्जिनियर लम्सालका अनुसार नेपाल र न्युर्याेककाे विद्युत उत्पादनका केही माेडालिटी उस्तै उस्तै हुने गरेकाे छ । न्युयोर्क राज्य सरकारको स्वामित्वमा रहेको न्युयोर्क बिद्युत प्राधिकरणले करिव  ६ हजार  मेघावाट बिद्युत उत्पादन गर्छ । जस मध्ये ७० प्रतिशत  हाइड्रो पावर पर्दछ । न्युयोर्क बिद्युत प्राधिकरणले राज्य भरि बाट १६ वटा ठाउँ बाट बिद्युत उत्पादन गर्छ । विश्वको एक आश्चर्य नायागरा फलमा पानी खस्नु अगाडी नदीको आधा पानी अमेरिका र क्यानाडाले बराबर बाडेर सुरुङ्गबाट आफ्नो देश लागि बिद्युत उत्पादन गरेका छन् ।

“नायागरा” नदीको पानीको सदुपयोग गरि दुवै देशले लिएको फाइदाबाट नेपाल र भारतले शिक्षा लिनुपर्ने कुराले बिशेष महत्व पाएकाे थियाे । अमेरिका र क्यानाडामा जस्तै नेपालको पश्चिममा बग्ने महाकाली नदीको पनि नेपाल र भारतले मिलेर सदुपयोग गर्न सकिनेमा सहभागिले सुझाव दिएका थिए ।

 

कुलमानले नायागरा र महाकाली प्राजेक्ट उस्तै उस्तै भए पनि केही फरक भएकाे बताए । ‘ नायागरा अमेरिका र क्यानडाकाे सिमाना हुदै समुद्रमा मिसिन्छ त्यसाे हुदा हक बराबरी हुन्छ तर महाकालीकाे ठ्याक्कै त्यस्ताे छैन । केही फरक छ तर पनि हामी बराबरीकै हैसियतमा छलफल गरिरहेका छाै ।’

 

अमेरिका र क्यानडा बिचको पानी उपयोग गर्ने सन्धि एउटा महत्वपूर्ण सन्धीको रुपमा स्थापित छ । त्यसमा कुनै एक देशले अर्को देशलाई हानी हुने भाषा प्रयोग भएको छैन । अधिकार र जिम्मेवारी बराबरी छ । अझ न्यु योर्क र क्यानाडा बिचको सेन्ट लरेन्स नदीमा त एउटै बाधलाई दुई देशले बराबरीमा प्रयोग गरेका रहेछन । त्यहाँ लाग्ने खर्च बराबरी बाड्ने र आउने आम्दानि पनि बराबरी लिने प्रवाधान रहेछ  अमेरिका र क्यानाडामा यी हाइड्रो पावर प्रोजेक्टको बिषयमा  मनमुटाव बाहिर आएका छैनन ।

न्युयोर्क राज्यभरिको बिजुली उत्पादन मध्ये न्युयोर्क सिटी क्षेत्रले नै आधा  बिद्युत खपत गर्ने जनाईएकाे छ ।   न्युयोर्क बिद्युत प्राधिकरण सँग  १४ सय  सर्क्युट माईल भन्दा लामो हाइभोल्टेज ट्रान्समिसन लाईनको स्वामित्व रहेछ । त्यसमा संसारको एक मात्र सात सय ६५ केभी ट्रान्समिसन लाइन लगायत तीन सय ४५ केभी, दुइ सय ३० केभी र एक सय १५ केभी लाइन पर्दछन । छलफलमा   लामो समय देखि न्युयोर्क प्राधिकरणमा कार्यरत इन्जिनियर सुर्य लम्सालले बाधको सुरक्षा, ट्रान्समिसन लाइनको संरक्षण तथा पुनर्निर्माण र सम्पत्ति ब्यवस्थिकरण सम्वन्धमा विचार राखेका थिए ।

 

तथ्याङ्क अनुसार  ५४ हजार पाँच सय ५६ बर्ग माईल क्षेत्रफ़ल भएको न्युयोर्क राज्यमा करिव २० मिलियन जनसंख्या छन् । न्युयाेर्कमा ३३ हजार  मेघावाट सम्म बिद्युत खपत हुने गर्दछ । नेपालकाे क्षेत्रफल  ५६ हजार  आठ सय २७ बर्ग माईल  रहेकाे छ । नेपालकाे जनससख्या  २९ मिलियन भएपनि करिव ११ सय मेघावाट विद्युत मात्र आपूर्ति हुदै आएकाे छ ।

न्युयोर्क बिद्युत प्राधिकरण ले करिव दुइ बर्ष अगाडि देखि विश्वको पहिलो “डिजिटल युटिलिटी” को रुपमा आफुलाई स्थापित गरेको छ ।  घिसिङ्गले उक्त डिजिटल प्रविधि बाट तयार  पारिएको “आइसक” कक्षकाे  पनि अबलोकन गरे ।

फाेटाे : साैजन्य इन्द्र तामाङ्ग र सुर्य लम्साल 


२५ फाल्गुन २०७५, शनिबार १४:१० मा प्रकाशित