नेपाली नेतालाई भारतले सत्तामा पुर्याउछ भन्ने लाेभले देश खुम्चिदै गयाे : काँग्रेस नेता चन्द्र भण्डारी 

दूरबिन नेपाल     २६ फाल्गुन २०७५, आईतवार १६:४०    

Anil Baral Real Estate

काठमाडाै । नेपाली काँग्रेस युवा नेता चन्द्र भण्डारीले नेपाली नेताहरुलाई भारतले सत्तामा पुर्याउछ भन्ने लाेभका कारण देश खुम्चिदै गएकाे आराेप लगाएका छन् । फेसबुकमा स्टाटस लेख्दै भण्डारीले नेपाली नागरिक अल्पममा पर्दै गएकाे भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,’धेरै जसो नेपाली नेताहरुलाई भारतले सत्तामा पु-याउदछ भन्ने लोभमा देश खुम्चिदै गएको छ, नागरिक अल्पमतमा पर्दै गएका छन । युरोपिएनहरुले देशमा लगानी गरी दिन्छन, विदेश घुम्न पाइन्छ भन्ने आशमा धर्म, संस्कृति र मौलिकता कमजाेर भयो ।’

भण्डारीले साना स्वार्थमा राष्ट्र कमजाेर बन्दै गएकाे,  बिना आधार नागरिकता वितरण ,तराईबाट पहाडिया मानिस लखेटिनु , कमजाेर सन्धि सम्झौता हुने तर  कार्यान्वयन नहुने गरेकाे भन्दै  सिहंदरबार सधैं कमजाेर बनेकाे उल्लेख गरेका छन् ।  ‘निर्वाचनको समयमा चिन सँगको पारवहन, रेल, तेल र ग्यास पाइप केपी ओलीले छोडी भारत सँग ग्यास पाइप र रेलमा लागेका छन । पानी जहाज केवल उठ्ने प्रश्न रोक्ने बेरिएर मात्र हो । सिके राउत सँग गरिएका सहमतिका विभिन्न शब्दहरुको दोहोरो अर्थ लाग्ने गराउनु राष्ट्रवादी जनमतको अपमान हो ।’


२६ फाल्गुन २०७५, आईतवार १६:४० मा प्रकाशित