सिके रावत सँग राष्ट्रघाती सम्झाैता भयाे ओलीले खण्डन गर्नु पर्छ : काँग्रेस सभापति देउवा 

दूरबिन नेपाल     २८ फाल्गुन २०७५, मंगलवार ११:२०    

Anil Baral Real Estate

पोखरा ।  नेपाली काँग्रेसका  सभापति शेरबहादुर देउवाले  सरकारले सिके रावतसँग गरेको सम्झौताप्रति पनि आपत्ति जनाएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा म‌गलवार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकार र रावत बीच भएकाे सहमतिलाई ‘राष्ट्रघाती’ भएकाे आराेप लगाए । उनले सम्झाैताकाे प्रधानमन्त्री केपी ओलीले खण्डन गर्नु पर्नेमा जाेड दिए ।

‘मुलधारमा ल्याउनु भनेकाे राम्राे तर यहाँ त राष्ट्रघात भएकाे छ, देश टुक्राउनेमा पनि कहि सहमति हुन्छ ? सिके रावतले नयाँ देश बनाउने भन्दै हिडेका छन्, ओलीले यसबारेमा खण्डन गर्नु पर्छ । ‘

अर्काे प्रसँगमा  देउवाले वाइड बडी जहाज प्रकरणका सम्बन्धमा छानबिन हुनुपर्ने दाेहाेर्याएका छन् । नेपाली इतिहासकै सर्वाधिक ठुलाे भ्रष्ट्राचार प्रकरण वाइड बडी अहिले सेलाएकाे छ । सभापति देउवाकाे पनि नाम मुछिए पछि काँग्रेस याे प्रकरणबाट पछि हटेकाे आराेप लागि रहेकाे बेला देउवाले छानवीनकाे कुरा दाेहाेर्याएका हुन् ।

बहालवाला पर्यटन मन्त्री रवीन्द्र अधिकारीकाे पाथिभरा देवीकाे दर्शन गरि फर्कने क्रममा हेलिकाेप्टर दुर्घटनामा परिन निधन भए पछि वाइड बडी भ्रष्ट्राचार प्रकरण सेलाउने आस‌‌ङ्का गरिएकाे छ । यस्तै देउवाले  टेलिफाेन कम्पनी एनसेलले राज्यलाई कर तिर्नुपर्नेमा जाेड् दिए ।

 फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोजेको सभापति देउवाको आरोप थियो । उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे ।  वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको देउवाकाे आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काँग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।

राससकाे सहयाेगमा 


२८ फाल्गुन २०७५, मंगलवार ११:२० मा प्रकाशित