अमेरिकाका लागि नेपालका राजदुत कार्की सहित दुई जनालाई मन्त्रीसरहको मर्यादा

काठमाडौ । सरकारले भारतका लागि नेपालका आवासीय राजदूत नीलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा अर्जुनकुमार कार्कीलाई मन्त्रीसरहको मर्यादा दिएको छ ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सन्चार मन्त्री गोकुल बास्कोटाले राजदुतहरूको मर्यादाका बारेमा जानकारी गराएका हुन ।
आचार्यले भर्खर मात्र ओहदाको प्रमाण पत्र बुझाएका हुन भने कार्की कार्यकालको अन्तिममा छन । आचार्य संविधानविद्, नेपाली काँग्रेसको तर्फबाट पूर्व सभासद तथा पूर्व मन्री समेत हुन ।
यस अघिको सरकारले भारतका लागि नेपालका तत्कालिन राजदुत आमोद प्रसाद उपाध्यायलाई पनि मन्त्रीसरहको मर्यादा दिएको थियो ।
ग़ैरसरकारी संस्थामा कार्यरत रहदै गर्दा तत्कालिन नेकपा एमालेको कोटामा राजदुत भएका कार्की प्रधानमन्त्री ओली निकट मानिन्छन ।
अमेरिकाको राजदुत भए देखि नै कार्की आलोचित हुदै आएका छन् । अमेरिकामा रहेका नेपालीको सम्पर्कबाट टाडा बस्न रूचाउने राजदुत कार्की दुतावासका लागि नयाँ भवन खरिद प्रकरणमा विवादमा मुछिएका थिए ।
तस्वीर : फेसबुकबाट
३० फाल्गुन २०७५, बिहीबार २२:२१ मा प्रकाशित