अन्तत : श्रीमती सिताकाे उपाचारका लागि अमेरिका उडे प्रचण्ड 

दूरबिन नेपाल     ३ चैत्र २०७५, आईतवार १३:१८    

Anil Baral Real Estate

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड अन्तत श्रीमती सिता दाहालकाे उपाचारका लागि अमेरिका उडेका  छन् ।

 

पूर्व माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले यस अघि नै अमेरिकामा श्रीमतीकाे उपचार गराउन खाेजेकाे, तर भेनेजुएला प्रकरण पछि उपत्पन परिस्थितिका कारण तत्काल टरेकाे थियाे । भेनेजुएला घटनामा प्रचण्डले अमेरिकाकाे  भूमिकालाई लिएर  विराेधमा कडा शब्दमा आलाेचना गरेका थिए । साे विज्ञप्ती पछि अमेरिकाले  नेपाल सरकारकाे धारणा नै मागेकाे थियाे ।

 

अर्काे तर्फ प्रचण्डले यस अघि अष्ट्रेलियाकाे भ्रमण अन्तिम समयमा रद्द गरेका थिए । द्वद्दकालिन  मानवअधिकार हननमा मुद्दा उल्टान सकिने र त्यसाे भएमा पक्राउ समेत पर्न सकिने भन्दै प्रचण्डले अन्तिम दिनमा कार्यव्यस्त भन्दै भ्रमण राेकेका थिए । यस पटक पनि पार्टी एकिकरणकाे काम बाँकी नै रहेकाे र अमेरिका सँग पनि सम्वन्ध चिसिएकाले प्रचण्ड आफै आउने कि नआएने भन्नेमा अन्याैल थियाे ।

 

तर अमेरिकाले हरियाे बत्ति देखाए पछि प्रचण्ड विमान चढेका हुन् । विषेश गरि पुत्र प्रकाश दाहालकाे निधन पछि सिता दाहाल लगातार विरामी पर्दै आएकी छिन् । उनकाे भारत र  सि‌गापुरमा समेत पटक पटक उचार भएकाे थियाे । अमेरिकामा सिताकाे बाल्टिमाेर जाेन हप्किन्स अस्पतालमा उपाचार हुने जनाइएकाे छ । प्रचण्ड करिव दश दिन अमेरिका बस्नेछन् ।

 

त्रिभुवन विमानस्थलमा पत्रकार सँग कुरा गर्दै प्रचण्डले अमेरिकी सरकार सँग औपचारिक तथा नऔपचारिक छलफल हुने सक्ने बताए । ‘मुख्यतः  सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना छ, परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।’

पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए । अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन, बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहनुभएकी सीताले एक पटक अमेरिकामा उपचार गरे सञ्चो हुन्छ कि भनी मनोविज्ञान रहेका कारण पनि आफूले त्यसतर्फ जाने निर्णय गरेको प्रचण्डकाे भनाइ थियो ।

 

अस्थिरता पैदा गर्ने तत्वविरुद्ध एकजुट होऔँ

 

विमानस्थलमा पत्रकार सँग कुरा गर्दै प्रचण्डले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिनुपर्नेमा जोड दिए । उनले भने , “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायाँै, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।”

गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उनले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।  मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै प्रचण्डले भने  “हिजोका परिवर्तन सामान्य राजनीतिक परिवर्तन हुने गर्थे, यो परिवर्तन एउटा प्रणाली नै परिवर्तन हो । प्रणाली परिवर्तन भएकाले थुप्रै संरचना बनाउनुपर्ने थुप्रै कानून, ऐन बनाउनुपर्ने र अभ्यास गर्नुपर्ने भएकाले हामीले अपेक्षा गरेअनुसारको गतिमा विकास भएन भन्ने जनगुनासो पनि सुनेका छौँ ।”

पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन पनि ढिलो भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले भने  “यो विषय टुङ्ग्याउनेबारे र अन्य राजनीतिक विषयमा पनि घनीभूत छलफलको आवश्यकता छ ।” प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू अमेरिका जान लागेकाे उल्लेख गर्दै उनले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने जानकारी दिए ।

 

विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष दाहालको बिदाइका लागि पुगेका थिए ।

राससकाे सहयाेगमा 


३ चैत्र २०७५, आईतवार १३:१८ मा प्रकाशित