महिला साफ फुटलबकाे सेमीफाइनलमा नेपालकाे भेट श्रील‌ङ्का सँग 

दूरबिन नेपाल     ३ चैत्र २०७५, आईतवार १४:४९    

Anil Baral Real Estate

विराटनगर ।  पाँचौँ साफ महिला फुटबल च्याम्पियनसिपकाे सेमीफाइनलमा नेपालले श्रीलङ्का सँग खेल्ने भएकाे छ । विराटनगरमा जारी च्याम्पियनसिपकाे आइतवार भएकाे समुह बी काे अन्तिम खेलमा भारतले श्रीलङ्कालाई पाँच शुन्यले हराए पछि, सेमीफाइनलमा नेपाल र श्रीलङ्का भिड्ने भएका हुन् ।  अब अर्काे सेमीफाइनलमा भारत र ब‌ङ्गलादेश खेल्ने छन् ।

आइतवारकाे एकतर्फि खेलमा भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम एक एक गाेल गरे ।

 


३ चैत्र २०७५, आईतवार १४:४९ मा प्रकाशित