प्रचण्ड बिरुद्द  अमेरिकी निकायमा उजुरी 

दूरबिन नेपाल     ५ चैत्र २०७५, मंगलवार १०:४५    

Anil Baral Real Estate

अमेरिका । आफ्नी धर्मपत्नी सीता दाहालकाे उपचारका लागि अमेरिका आएका नेकपाका अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्द अमेरिकामा रहेका एक नेपालीले उजुरी दिएकाे बताएका छन् ।

 

उजुरीमा प्रचण्ड आतङ्ककारी भएकाे, प्रचण्डले गरेकाे विद्राेहमा १७ हजार नेपाली मरेकाे उल्लेख गरिएकाे छ । दूरबीन नेपाललाई प्राप्त उनकाे उजुरीमा आतंकवादविरुद्धको अमेरिकन नीति , नैतिक मान्यता, आन्तरिक र अन्तर्राष्ट्रिय कानूनी मान्यताहरुका विषयप्रति ध्यान दिन आग्रह गरिएको छ।

 

 केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक तीलबहादुर श्रेष्ठले संघीय अनुसन्धान ब्यूरो बाल्टिमोर, एमडीमा उजुरी दिएका हुन् ।

  


५ चैत्र २०७५, मंगलवार १०:४५ मा प्रकाशित