नेपाल साफ महिला च्याम्पियनसिपकाे फाइनलमा, उपाधीका लागि भारत सँग भिड्ने 

दूरबिन नेपाल     ६ चैत्र २०७५, बुधबार १३:१८    

Anil Baral Real Estate

विराटनगर । नेपाल साफ महिला च्याम्पियनसिपकाे फाइनलमा पुगेकाेे छ । विराटनगर स्थित सहिद र‌गशालामा बुधवार भएकाे सेमीफाइनलमा श्रील‌ङ्कालाई चार शुन्यले हराउदै नेपाल उपाधि नजिक पुगेकाे हाे ।

 

नेपालकाे जीतमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक एक गाेल गरे ।  पुनमले ४२ औँ मिनेट गाेलकाे खाता खाेलिन ।  ७३ औँ मिनेटमा अनिताले नेपालकाे अन्तर दाेब्वर पारेकी थिइन । अन्तिम आठ मिनेटमा नेपालले दुई गाेल थप्याे ।  ८२ औँ मिनेटमा सावित्रा तथा  ८६ औँ मिनेटमा रेखाले गोल गरे ।

 

नेपाल महिला साफकाे फाइनलमा पुगेकाे याे तेस्राे पटक हाे । हरेक पटककाे फाइनलमा नेपाल भारत सँग पराजित हुदै आएकाे छ । एक पटक नेपाल सेमीफाइनलमा नै भारत सँग पराजित भएकाे थियाे ।

 

नेपालले अब उपाधिका लागि चीर प्रतिद्वन्द्दी भारत सँग शुक्रवार खेल्ने छ । बुधवार नै भएकाे अर्काे खेलमा भारतले  बङ्गलादेशलाई चार शुन्य गाेलले नै हराउदै लगातार  फाइनल यात्रा कायम नै राखेकाे हाे ।

 

 

फाेटाे : एन्फा


६ चैत्र २०७५, बुधबार १३:१८ मा प्रकाशित