अन्तत : विवादास्पद समिम मियाँ अन्सारी सहित पाँच आयोगमा अध्यक्षको नियुक्ति

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार १३:४५    

Anil Baral Real Estate

काठमाडौँ, ७ चैत  : राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद व्यक्ति समिम मियाँ अन्सारी सहित विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिको समुपस्थितिमा शीतलनिवासमा बिहिवार आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराउनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।

 

सत्तारुढ नेकपाका केन्द्रिय सदस्य समेत रहेका मुस्लिम आयाेगकका अध्यक्ष नियुक्त्त अन्सारी नागरिकता, शैक्षिक प्रमाण पत्र र राजनैतिक दल सँग आवद्दताकाे विवादमा मुछिएका व्यक्ति हुन । अर्काे महत्वपूर्ण पक्ष ससदिय समितिकाे मनुमाेदन विना नै अन्सारीकाे नियुक्ति भएकाे हाे ।

समितिले संवैधानिक परिषद्को सिफारिस ४५ दिन भित्र अनुमाेदन वा अस्वीकृत गर्नु पर्ने व्यवस्था छ । तर समितिले अन्सारीकाे विषयमा छानविनकै नाममा समय विताएकाे थियाे । अन्सारी प्रधानमन्त्री ओली निकटका हुन । उनी ससदीय चुनावकाे केही समय अगाडि मात्र तराई मधेश लाेकतान्त्रीक पार्टी छाेडी तत्कालिन नेकपा एमाले प्रवेस गरेका थिए ।


७ चैत्र २०७५, बिहीबार १३:४५ मा प्रकाशित