इराकमा फेरि दुर्घटना, ५४ को मृत्यु, अरु कैयौ बेपत्ता

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार २०:५४    

Anil Baral Real Estate

मोसुल, इराक, ७ चैत । इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । 

 

कुर्दिस नयाँ बर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

 

“नागरिक सुरक्षा समूहले अहिले सम्म ५४ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ,” एक अधिकारीले भने । 

 

मोसुलको पर्यटक व्यापारीक केन्द्र तर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरि दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेकोले यसबारे बिस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउननसकेका र उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँदै अधिकारीले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ । 

(रासस÷एएफपी) : 


७ चैत्र २०७५, बिहीबार २०:५४ मा प्रकाशित