राष्ट्रिय खेलकूद प्रतियोगिता वैशाखमा : खेलकुद मन्री

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार २१:४३    

Anil Baral Real Estate

भद्रपुर, ७ चैत :  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अगामी वैशाखमा हुने बताउनुभएको छ । आज झापाको भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधीन दोस्रो कभर्डहलको निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले वैशाख पहिलो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । 

 

राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले उद्घाटनको मिति तोक्ने उहाँले बताउनुभयो । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने यसअघि नै निधो भइसकेको छ । “चैतको तेस्रो सातादेखि प्रतियोगिता शुरु गर्ने योजना बनाएका थियौँ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “रङ्गशालामा प्यारापिटलगायत आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुन ढिलाइ हुँदा मिति परिवर्तन गर्नुपरेको हो ।”


७ चैत्र २०७५, बिहीबार २१:४३ मा प्रकाशित