यो ट्रफी कस्को ? साफ महिला फुटबल : उपाधिका लागि नेपाल र भारत भीड्दै

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार २२:५२    

Anil Baral Real Estate

विराटनगर, ८ चैत । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधीका लागि नेपाल शुक्रवार आफ्नो कठोर प्रतिद्वन्द्वी भारत सँग भीड्दै छ । 

 

महिला साफको यस अधिका सबै (चार) सस्करणमा नेपालको उपाधी यात्रामा भारत तगारो भन्दै आएको छ । तीन पटक फाइनल र एक पटक सेमीफ़ाइनल नेपालले भारतको चुनौती पन्छाउन सकेन । भारत पाँचौ पटक उपाधी सुरक्षित गर्ने लक्ष्यमा छ । नेपाल, भारतलाई नै हराएर पहिलो पटक उपाधी जित्ने लक्ष्यमा छ त्यो पनि घरेलु मैदानमा ।  

 

नेपालका लागि फाइदा दुई वटा छ । पहिलो त घरेलु मैदान अर्को भारतलाई जित्नै नसक्ने परम्परा हिरो गोल्ड कपमा तोडेको छ । त्यो उच्च मनोबल नेपाली चेलीका लागि सहयोगि हुन सक्छ ।    

 

नेपालले अहिले सम्म अन्तराष्ट्रीय फुटबलमा ६ पटक फाईनल खेलेको छ । सबैमा उप विजेतामा रोकिएको छ । यस पटक सबै इतिहासलाई गलत सावित गर्ने मौका छ । यसका साथै सफल खेलाडी हरि खड्कालाई पनि एक कुशल प्रशिक्षकको रूपमा चित्रण गर्ने अवसर हुने छ । 

 

पुरूष राष्ट्रिय टिमको सहायक प्रशिक्षक भई सकेका खड्काले महिला टिम पूर्ण रूपमा पहिलो पटक जिम्मा लिएका हुन् । 

 

फाईनल खेलको अधिल्लो दिन बिहिवार पत्रकार भेटमा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधी आफुले जित्ने दावी गरेका छन् । 

 

प्रशिक्षक खड्काले भने ‘टिम उपाधिका लागि तयार छ ।’ यस्तै  कप्तान निरू थापाले पनि टिम प्रशिक्षणबाट टिम खारिएकाले उपाधी जित्ने दावी गरिन । 

 

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताईन । उनले भारतले उपाधी रक्षा गर्ने दावी गरिन । 

 

नेपाल भारतको अहिले सम्मको भेट 

 

नेपाल र भारतको महिला टिम दश पटक मैदानमा भिडेका छन् । जसमा नेपालले एक जीत र दुई बराबरी खेलेको छ । बाँकी सात खेल गुमाएको छ । 

 

 पहिलो पटक सन् २०१० मा भिडेका हुन । दक्षिण एशियाली खेलेकुद सागमा नेपाल समुह चरणमा पाँच शुन्य र फाईनलमा तीन एक गोलले पराजित भएको थियो । 

 

गत महिना भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ ले पराजित गर्दै इतिहासमै पहिलो जित दर्ता गरेको थियो । 

 

सन २०१६ को दक्षिण एशियाली खेलकुदको समुह चरण मा गोल रहित डर म्यानमारमा भएको २०२० टोकियो ओलम्पिकको एसियाली प्रारम्भिक छनोटमा नेपालले भारतलाइ १-१ को बराबरीमा रोकेको थियो । 

 

नेपालले अहिले सम्म भारत सँग २७ खाएको छ । ६ गोल मात्र गरेको छ । इतिहास जतिनै क्रुर भए पनि ति सबैलाई गलत सावित गर्ने नेपालका लागि यस पटक स्वर्णिम मौका छ । 


७ चैत्र २०७५, बिहीबार २२:५२ मा प्रकाशित