पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

दूरबिन नेपाल     ८ चैत्र २०७५, शुक्रबार ०४:१७    

Anil Baral Real Estate
प्रयागराज, भारत, ७ चैत / भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।
यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।
भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ । युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो । (रासस-एएनआई)

८ चैत्र २०७५, शुक्रबार ०४:१७ मा प्रकाशित