महिला साफ च्याम्पियनसिप : नेपालकाे यात्रामा फेरि पनि भारत नै तगाराे, फाइनलमा ३-१ ले पराजित 

दूरबिन नेपाल     ८ चैत्र २०७५, शुक्रबार ११:२३    

Anil Baral Real Estate

 

 

विराटनगर । दक्षिण एशियाली महिला फुटलबमा च्याम्पियन बन्ने नेपालकाे धाेकाेमा यस पटक पनि भारत नै बाधक बनेकाे छ । विराटनगरकाे शहिद र‌गशालामा शुक्रवार भएकाे खेलमा नेपाल आफ्नाे चीर र कठिन प्रतिद्वद्दी भारत सँग ३-१ गाेलले पराजित हुन पुग्याे ।

 

नेपाल महिला साफकाे फाइनलमा पराजित भएकाे याे चाैथाे पटक हाे । अर्काे एक पटक सेमीफाइनलमा पनि भारत सँग नै नेपाल पराजित भएकाे थियाे । साफमा नेपालले अहिले सम्म भारतलाई हराउन सकेकाे छैन ।

 

यस अधि पनि तीन पटक सम्म नेपाल महिला साफकाे फाइनलमा भारत सँग नै पराजित भएकाे थियाे । भारतले साफ उपाधि जितेकाे याे पाँचाै पटक हाे । साफमा भारत बाहेक अर्काे च्याम्पियन बन्न सकेकाे छैन ।

 

साफ च्याम्पियनसिपकाे पाँचाै सस्करणकाे फाइनल खेलकाे पहिलाे हाफ एक एक गाेलकाे बराबरीमा सकिएकाे थियाे । उलेख्यमात्रमा घरेलु दर्शक र उच्च मनाेवलमा रहेकाे भनिएकाे नेपाल बिरुद्द भारतले २६ मिनेटमा अग्रता लियाे । डालिमा छिपरले भारतलाई अग्रता दिलाइन ।  नेपाली डिफेण्डरकाे  गल्तिले गर्दा  प्राप्त फ्रिकिकलाई डालिमाले गाेलमा परिणत गरेकी थिइन ।

 

एक शुन्यले पछि परेकाे बेला महिला फुटबलमा गाेल मेसिनकाे उपनाम पाएकी सावित्रा भण्डारीले गाेल फर्काउदै पहिलाे पटक साफ च्याम्पियन बन्ने अभियानलाई कायम नै राख्ने प्रयास गरेकी थिइन । ३३ औ मिनेटमा गीता राईकाे पासलाई सावित्राले हेड मार्फत गाेलमा परिणत गरेकी थिइन ।

तर दाेस्राे हाफमा नेपाली डिफेण्डरकाे गल्तीकाे फाइदा भारतले उठायाे र लगालग दुई गाेल थप्दै नेपाली चेलीकाे सपना चकनाचुर बनाइदियाे ।

६३ औं मिनेटमा भारतकी ग्रेस डाङमेयी ले गोल  गरिन । यस्तै ७७ औं मिनेटमा अञ्जु तामाङले भारतकाे लागि तेस्राे गाेल गरिन ।


८ चैत्र २०७५, शुक्रबार ११:२३ मा प्रकाशित