भ्रष्टाचार आरोपी ब्राजिलका पूर्व राष्ट्रपति मिसेलद्धारा बयान दिन अस्विकार
दूरबिन नेपाल ९ चैत्र २०७५, शनिबार १२:१५


रियो डि जानेरो, ९ चैत । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गर्नुभएको छ । बयान लिनका लागि उहाँलाई सोधिएका प्रश्नहरुमा उहाँले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिनु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
आफूमाथी लागेको आरोप अस्विकार गर्दै आउनु भएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उहाँसँग बयान लिने प्रयास गरिएको थियो ।
प्रश्नहरुको उत्तर नदिने उहाँको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ । उहाँले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा विताउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो ।
राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त हुनुभएको थियो ।
उहाँलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् ।
(रासस÷सिन्ह्वा)
सम्बन्धित शीर्षकहरु
९ चैत्र २०७५, शनिबार १२:१५ मा प्रकाशित