अमेरिकामा चरम दक्षिणपन्थीहरुकाे डरलाग्दाे समुह :  जसले सयौं अफ्रिकी अमेरिकीहरुको कत्लेआम गर्याे  मुख्य निशाना आप्रवासी

बद्री गाैतम - दूरबिन नेपाल      १० चैत्र २०७५, आईतवार १३:४४    

Anil Baral Real Estate

बद्री गाैतम – दूरबिन नेपाल 

 

न्युयाेर्क ।  न्युजिल्याण्डमा केहिदिन अघि एकजना गोरा बन्दुकधारीले दुइवटा मस्जिदमा आक्रमण गरी ५० बढीको हत्या गर्यो । न्युजिल्याण्ड सरकारले सो घटनालाई गोरा सर्वोच्चताको पक्षधरले गराएको आतंककारी हमलाको रुपमा व्याख्या गरेकाे छ । 

अमेरिकामा डेमाेक्रयाटहरुले  आफना योजनामा अबरोध गरेको आक्रोश स्वरुप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नाे  समर्थक समुह रहेको र सो समुह कडा भएमा डेमोक्रयाटहरुलाई समेत अप्ठेरो पर्न सक्ने संकेत आफ्नाे  ट्वीट मार्फत गरे । यस्ता घटनाले अमेरिका तथा युरोपमा ह्वाईट सुप्रिमेसीको अतिवादी अवधारणा अझै मौलाउँदै गएको आँकलन गर्न सकिन्छ ।

 

के के के को विचार जर्मन तानाशाह हिटलर र इटालीका तानाशाह मुसोलिनीसँग नजिक छ । अर्थात अन्य जाती तथा मानिसहरुले हक अधिकार तबमात्र पाउनुपर्छ जब गोराहरुले चाहन्छन ।

 

 

 

अमेरिकी वा अन्य जुनसुकै क्रान्तिमा पनि परिवर्तन नरुचाउने समुह हुन्छ जसले यथास्थितीवादको वकालत गर्दछ । हामी यतिबेला अमेरिकी प्रतिक्रान्तिको पक्षधर एक समुको चर्चा गर्दैछौं । कु क्लक्स क्लान (के के के) एउटा यस्तो समुह, जसले गोरा जातीहरुको पक्षमा वकालतमात्र गर्दैन, गोराहरुले परापूर्वकाल देखि भोग्दै आएको क्रियाकलाप कायमै रहनुपर्छ भन्ने मान्यता राख्छ । मान्यतामात्र राख्दैन, उनीहरुको विपक्षमा बोल्ने जो कोहिपनि भौतिक आक्रमणको शिकार हुन सक्छ ।

अमेरिकी राष्ट्रवाद  गोराको सर्वोच्चता तथा आप्रवासी विरोधी भएर मात्र हुदैन । छालाको रंग गोरो हुनै पर्छ । तबमात्र पाउन सक्छ के के के अर्थात कु क्लक्स क्लानमा आवद्ध । के के के को विचार जर्मन तानाशाह हिटलर र इटालीका तानाशाह मुसोलिनीसँग नजिक छ । अर्थात अन्य जाती तथा मानिसहरुले हक अधिकार तबमात्र पाउनुपर्छ जब गोराहरुले चाहन्छन ।

 

 

यसरी जन्मियाे के के के 

 

के के केको स्थापना देखि अहिलेसम्मको अवस्थालाई पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणबाट व्याख्या गर्न सकिन्छ । पहिलो क्लान जसले अफ्रीकी अमेरिकी राजनीतिज्ञहरुको समेत हत्या गर्यो ।  यो समुहको स्थापना सन १८६५-६६को विचमा अमेरिकी राज्य टेनीसीको पुलस्की भन्ने स्थानमा भएको अनुमान गरिन्छ । सो बेला अमेरिकामा पुननिर्माणको समय शुरु भइसकेको थियो ।

 

 

उनीहरुले अन्य जाती तथा सुमुहलाई अमेरिकीनै मान्दैनथे ।  सोही बेला गोराहरुको सर्वोच्चता कायमै रहनुपर्छ भन्ने मागमा आधारित यो क्लानले आफ्ना विरोधीहरुको हत्यासम्म गर्यो ।

 

 

 

सबै जाती तथा बर्गमा आफ्नो हक अधिकार तथा प्रगतिको चेतना जाग्रित हुन थालिसकेको थियो । अर्को अर्थमा भन्नुपर्दा अमेरिका विकास र परिवर्तनको मार्गमा थियो । तर केही गोरा जातीहरुलाई यो पटक्कै मन परेको थिएन । उनीहरुले अन्य जाती तथा सुमुहलाई अमेरिकीनै मान्दैनथे ।  सोही बेला गोराहरुको सर्वोच्चता कायमै रहनुपर्छ भन्ने मागमा आधारित यो क्लानले आफ्ना विरोधीहरुको हत्यासम्म गर्यो ।

 

 

विशेषगरी अफ्रीकी मुलका अमेरिकीहरु यिनको निशानामा परे । त्यसाे त  आफ्ना विरोधी गोरा व्यक्तिहरुलाई पनि यिनीहरुले बाँकी राखेनन् । यतिसम्म कि अफ्रीकी अमेरिकी राजनीतिज्ञहरुको पनि यिनीहरुले हत्या गरे । के के केको हत्या र आतंकको श्रृङ्खला बढ्दै गएपछि संघीय अदालतले सन १८७१ मा क्लान समुहलाई आतंककारी घोषणा गर्यो ।  संघीय सरकारले आवस्यक कानुनु बनाई प्रतिबन्ध लगाएपछि के के केको पहिलो चरण समाप्त भयो ।

 

 दोस्रो क्लान अर्थात क्लानको दोस्रो जन्म

 

 पहिलो क्लानको अवसान भइसकेपछि अमेरिकी समाजमा उतार चढाव चलीनै रहेको थियो । अमेरिका उन्नतीको मार्गमाअघि बढिरहेको थियो । सन् १९१५ अमेरिकामा  एउटा चलचित्र प्रदर्शनमा आयो । जसको नाम थियाे , द बर्थ अफ ए नेशन । जसमा पहिलो क्लानको विरताको गाथा थियो । अर्थात पहिलो क्लानको देवत्वकरण गरिएको थियो । चलचित्र त निकै सफल भयो नै यसैको प्रभाव स्वरुप सरकारले नियन्त्रण गरेको क्लान स्वस्फुर्त रुपमा पुनः ब्युतियो ।

 

एटलान्टा राज्यमा १५ जनाको समुह बनाई विलियम जोशेफ सिमोन्स र स्टोन माउन्टेनको नेतृत्वमा क्लानको दोस्रो जन्म भयो । शिर देखि पाउसम्म छोपीने सेतो गाउन र बलिरहेको क्रस लागाउने यसका सदस्यहरुको पहिरन नै डरलाग्दो मानिन्थ्यो । यो समुहमा आवद्ध हुनेहरुले यो कपडा लगाउनैपर्ने नियम थियो ।

 

दोस्रो क्लानले आफ्ना विरोधीहरुका तीन समुह छुट्टायो । पहिलो वा मुख्य विरोधी क्याथोलिकलाई मानियो ।  दोस्रो विरोधी  यहुदी र  तेस्रो अफ्रीकी अमेरिकीहरु बने । यिनीहरुको विरोधमा दोस्रो क्लानका गतिविधिहरु केन्द्रित बन्न थाले ।

 

जनसंख्याको १५ प्रतिशत आवद्धताको दावी

 

सन् १९२० देखि ३० सम्मको अवधि कु क्लक्स क्लानको उल्लेखनीय युग मानिन्छ । कुनै बेला यसको लोकप्रीयता यतिसम्म थियो कि अमेरिकी जनसंख्याको १५ प्रतिशत पुरुष आफ्नो समुहमा आवद्ध भएको दावी पनि गरियो । तर यसको पुष्टि भने कहि कतैबाट भएन । तर सत्य कुरा के हो भने यो समुहप्रति अतिवादी धारणालाई मनपार्नेहरु आकर्षित भएकै हुन ।

 

 

अमेरिकी संबिधानले कुनै वर्ग, जाती तथा समुदायको विपक्षमा लाग्ने संस्थालाई कानुनी मान्यता दिंदैन ।

 

 यति लोकप्रिय भएकाे भनिएपनि यो समुहले राजनीतिक दलको मान्यता पाउन सकेन । किनकी अमेरिकी संबिधानले कुनै वर्ग, जाती तथा समुदायको विपक्षमा लाग्ने संस्थालाई कानुनी मान्यता दिंदैन ।  क्लानका कैयन सदस्यहरु निर्वाचित बने नीति निर्माणको तहमा पनि पुगे तर क्लानको अवधारणालाई कहिल्यै लागु गर्न सकेनन । किनकी क्लान एक घृणा समुह थियो । जसले गोराजाती बाहेक अन्य कसैको अस्तित्व स्वीकार गर्दैनथ्यो ।

 

यो समुह विस्तारै कमजोर बन्दै गयो । अझ सन १९२३ मा के के के का दुई समुह देखिए । आन्तरिक विवादका कारण याे समुह कमजोर बनेको थियाे ।  विवाद यतिसम्म  चल्याे कि  यो समुहको नेतृत्वकर्ताहरुनै डकैती, बालात्कार तथा हत्या जस्ता जघण्य अपराधमा मुछिए । जसका कारण  यसप्रति विकर्षण बढ्न थाल्यो ।

 

१५ प्रतिशत अमेरिकी पुरुषहरु आवद्ध रहेको भनिएको यो समुहमा सन १९३० मा जम्मा ३० हजार मात्र सदस्य रहेको बताइन्छ । त्यसको १० बर्षपछि अर्थात सन् १९४० मा दोस्रो क्लानको पनि अवसान भयो । तर पनि यसका गतिविधिहरु भने चलिनै रहे ।

 

 

तेस्रो क्लान ( मजदुर र युनियनवादको विरोधी)

 

अमेरिकी यथास्थीतीवादको तेस्रो चरण १९५० पछि लाई लिइन्छ ।  सन् १९४० मा के के केको अवसान भएपछि यसको नामका सानातिना संस्थाहरु सक्रिय नै थिए र तर यिनको प्रभाव भने शुन्य प्राय थियो ।  सन ५० को दशकमा अमेरिकामा भएको सिभिल राईट्स मुभमेन्ट्सले समाजमा युगान्तकारी परिवर्तन ल्याइरहेको थियो । गोरा समुदायको दवदवाबाट आफ्नो हक अधिकारको प्राप्तिको अन्तिम चरणमा अफ्रीकी अमेरिकीमात्र होइन अन्य समुदायपनि थिए ।

 

 यो परिवर्तन केही यथास्थीतीवादीलाई मन पर्ने कुरै भएन । त्यसकारण परिवर्तनका विरोधीहरुले अफ्रीकी अमेरिकी तथा अन्य समुदायमाथीको आक्रमणलाई तिव्रता दिन थाले । कतिपय स्थानमा त प्रहरीकै मिलेमतोमा हत्या तथा बमबारी तथा आगजनीका कामहरु भएको आरोपपनि लाग्यो । क्लानको तेस्रो चरणलाई यहि गतिविधिबाट शुरु भएको मानिन्छ । क्लानको सिद्धान्त नै यथास्थीतीवादी हो । यो अन्धविस्वासी र परिवर्तन नरुचाउने समुह हो ।

 

सन ८० को दशकमा कम्युनिष्ट वर्कस पार्टीका सदस्यहरुको सामुहिक हत्या गराएको यो समुह त्यो बेला अमेरिकी नाजी पार्टीसँगपनि नजिक भएको बताइन्थ्यो ।

 

अर्को अर्थमा प्रतिगमन र प्रतिक्रान्तिको पक्षधर हो । यसकारण कुनै समुहका हक अधिकारको कुरा यिनीहरुलाई मनपर्ने कुरै आएन । मजदुर हक तथा युनियन हुनु हुंदैन भन्ने पक्षमा वकालत गर्ने यो समुहका सदस्यले कैयन मजदुरहरुको हत्यामात्र गरेनन । सन ५० र ६० को दशकमा चलेको नागरिक अधिकार आन्दोलन अर्थात सिभिल राईट्स मुभमेन्टसका विरुद्ध कैयन स्थानमा बमबारी गरी यथास्थीतीवादको आतंक नै मच्चाएका थिए ।

 

 

सन ८० को दशकमा कम्युनिष्ट वर्कस पार्टीका सदस्यहरुको सामुहिक हत्या गराएको यो समुह त्यो बेला अमेरिकी नाजी पार्टीसँगपनि नजिक भएको बताइन्थ्यो । त्यसपछि पनि हत्या हिंशाको श्रृङ्खला चलाइ नै रह्यो । विशेष गरी अफ्रीकी अमेरिकी र आप्रवासीहरु के के के को निशाना परी नै रहे ।

 

यसले गराएका कैयन हत्याकाण्डहरुको लामो सूची नै तयार हुन सक्छ । वर्तमान समय अहिलेको समयमा पनि अमेरिकामा के के केको गतिविधि चलिरहेको छ तर शुन्य प्राय । अत्याधुनिक संचारको विकासको कारण र कुख्यात इतिहासका कारण के के केमा आवद्ध हुन नयाँ पुस्ता आकर्षित देखिदैन । तरपनि अमेरिकाभरी यसको गोप्य गतिविधि चलिरहेको आशंका भने छ नै ।

 

केहि हजारको संख्यामा यसका सदस्यहरु रहेको अनुमान गरिन्छ । तर अमेरिकामा बढ्दै गएको आप्रवासी विरोधी भावना बोक्ने कैयन संस्था तथा व्यक्तिहरु के के के कै सिद्धान्तलाई आत्मसाथ गरीरहेको हुँदा यो आपराधिक समुह कुनैपनि बेला शक्तिशाली हुन सक्ने आशंका छ । कुनै बेला अफ्रीकी अमेरिकीहरु के के के को निशानामा पर्ने गरेका थिए भने अब आप्रवासीहरु यिनीहरुको निशानामा पर्न सक्ने आशंका पनि छ ।

एजेन्सीकाे सहयाेगमा 

तस्वीरहरु : विकिपिडिया 


१० चैत्र २०७५, आईतवार १३:४४ मा प्रकाशित