मनिता गुरुङ तमु परिवार न्युयोर्कको अध्यक्षमा निर्विरोध निर्वाचित

दूरबिन नेपाल     १० चैत्र २०७५, आईतवार २२:५८    

Anil Baral Real Estate

न्युयोर्क । तमु परिवार न्युयोर्कको हालै सम्पन्न साधरण सभाले मनिता गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमितिको चयन गरेको छ । 

 

न्युयोर्ककी व्यावसायी मनिता यस अघिको कार्यसमितिमा उपाध्यक्ष  थिइन ।   यस्तै सुजन गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन । जे.बि. गुरुङ सचिबमा यथावत रहदा देविजंग गुरुङ सह-सचिब बनेका छन । 

 

१७ सदस्यीय कार्यसमितिको कोषाध्यक्षमा टिका राज गुरुङ र सह-कोषाध्यक्षमा निरोज घले चयन भएका छन् । कार्यसमकितिको सदस्यमा अमर गुरुङ, प्रविन गुरुङ, किरण गुरुङ,सम्झना गुरुङ र इन्द्र कु. गुरुङ रहेका छन । यस्तै अन्य सदस्यमा बिन प्रसाद घले,चिनु घले,खगेन्द्र गुरुङ,अनिल गुरुङ र बिशाल गुरुङ रहेका छन् ।

तमु परिवार न्युयोर्कको सल्लहाकार समितिमा संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष डमरजंग गुरुङ ज्यु र चित्र कोने गुरुङ मनोनयन भएका छन । 


१० चैत्र २०७५, आईतवार २२:५८ मा प्रकाशित