अफगानिस्तान हवाई आक्रमणमा १३ जनाको मृत्यु, विस्फोट आठ सर्वासधारण घाइते

दूरबिन नेपाल     ११ चैत्र २०७५, सोमबार १३:४८    

Anil Baral Real Estate

 

काबुल, ११ चैत  – अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन्,” अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको छ ।

यस विस्फोट कुन उद्देश्यले गराइएको हो सो प्रष्ट नभएको तर अनुसन्धानरत रहेको खोग्यानीले बताउनुभएको छ । अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८ सय सर्वसारणको मृत्यु हुनुको साथै ७ हजार १८० भन्दाबढी घाइते अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

 

 (रासस /एएफपी÷सिन्ह्वा) ः


११ चैत्र २०७५, सोमबार १३:४८ मा प्रकाशित