हार्वर्ड  विश्वविद्यालयमा पढ्नका लागि अमेरिका आए काँग्रेस नेता गगन थापा 

दूरबिन नेपाल     १२ चैत्र २०७५, मंगलवार १३:०२    

Anil Baral Real Estate

अमेरिका । नेपाली काँग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापा अध्ययनका लागि अमेरिका आएका छन् । थापा म‌ङ्गलवार  अमेरिका आइपुगेका हुन् ।

 

थापाले हार्वर्ड  विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने जनाइएकाे छ । उनले दुई साताकाे काेर्ष गर्ने छन् । उनी साे काेर्षका लागि गतबर्ष नै छनाैट भए पनि कार्यवस्तताका कारण अहिले आएका हुन् ।

 

राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन ।


१२ चैत्र २०७५, मंगलवार १३:०२ मा प्रकाशित