अमेरिकामा पत्नीको उपचार पछि नेकपा अध्यक्ष प्रचण्ड सपरिवार मंगलवार नेपाल फर्किए

दूरबिन नेपाल     १३ चैत्र २०७५, बुधबार ०३:२९    

Anil Baral Real Estate

न्युयोर्क । पत्नी सिता दाहालको उपचारका लागि १० दिनको अमेरिका बसाई पछि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलवार साँझ नेपाल फर्किएका छन् । 

 

न्युयोर्क स्थित जेएफके विमानस्थलबाट प्रचण्ड पत्नि सिता र परिवारका अन्य सदस्य सहित नेपाल फर्किएका हुन । प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमा स्टाटसमा  नेपाल फर्कन लागेको जनाएकी छिन् । 

 

उनले स्टाटसमा लेखेकी छिन्, ‘१० दिनको अमेरिका बसाई पछि आज नेपाल फर्किदै।आमाको उपचारमा सहयोग गर्नुहुने राजदुत डा.अर्जुन कार्की लगायत सबैमा हार्दिक आभार र आमाको स्वास्थ्य जाँच वासिंटन स्थित मेडिस्टार हस्पिटल र बरमिंघम स्थित युएबी हस्पिटलमा भएको छ, डक्टरहरुको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने बिश्वास दिलाएका छन।’ 

नेपाल फर्कनु अगाडि प्रचण्डले न्युयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगको अनुगमन गरेका थिेए । सो क्रममा नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई लगाएतले  प्रचण्डको स्वागत गरेका थिए । पूर्व प्रधानमन्त्री प्रचण्डले नियोगका कर्मचारी सँग अन्तर्क्रिया पनि गरेको जनाईएको छ । 

 

यस्तै दिउसो प्रचण्डले म्यानहाटनका केही स्थानको भ्रमण समेत गरेका थिए । 

 

 

फोटो : गंगा दाहालको फेसबुकबाट


१३ चैत्र २०७५, बुधबार ०३:२९ मा प्रकाशित