कनेटिकेट नेपाली समाजको अध्यक्षमा जितेन्द्र बस्नेत

दूरबिन नेपाल     १३ चैत्र २०७५, बुधबार ०४:२०    

Anil Baral Real Estate

केपी भट्ट –
अमेरिका, कनेटिकेट ।

पूर्वी तटीय राज्य कनेटिकट वरपर बसोबास गर्ने नेपालीहरूलाई गोलबद्ध गर्दै आएको नेपाली समाज कनेटिकेटमा नयाँ कार्यसमिति चयन भएको छ । सन् २०१९–२०२० का लागि जितेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

मार्च २४ मा भएको संस्थाको अधिवेशन र नयाँ कार्यसमितिका लागि भएको निबार्चनमा अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेललाई पराजित गर्दै विजयी भएका बस्नेतले सबैलाई मिलाएर लाने प्रतिक्रिया दिएका छन् । ५६७ कुल मतदाता रहेको नेपाली समाज कनेटिकेटमा मतदानको समयमा ५१४ जना उपस्थित भएर मतदान गरेका थिए । जस मध्ये निर्वाचित बस्नेतले ३२९ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नारायण पौडेलको पक्षमा १८० मत खसेको थियो । ५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

त्यस्तै गरी संस्थाको उपाध्यक्षमा जय राई, सचिवमा भद्रा राई सहकोषाधक्षयमा कुल देव अधिकारी सह सचिवमा रविन तुम्बाफे, युथ कोडिनेटरमा विधान अधिकारी, सदस्यहरूमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी निर्विरोध चयन भएका छन् । आगामी दिनमा सबै सँग हातेमालो गरेर कसैलाई पनि काखा र पाखा नगरी अगाडि बढ्ने र पहिला भन्दा गतिशील बनाउने नयाँ कार्यसमितिले अठोट गरेको छ । अधक्षयमा पराजित उम्मेदवार नारायण पौडेलले पनि आफू निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि संस्थाको विकासमा आफू सधैँ सहयोग रहने बताएका छन् ।

संस्थाले नेपाली संस्कार संस्कृतिको जगेर्ना गर्न चाड पर्वमा कार्यक्रम गर्दै आएको छ । नेपाली नयाँ वर्ष, दसैँ तिहार जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली समाज कनेटिकेटले अमेरिकामा हुर्कँदो नेपाली नयाँ पुस्तालाई नेपाल र नेपाली संस्कार संस्कृतिसँग जोड्ने काम गरिरहेको छ ।


१३ चैत्र २०७५, बुधबार ०४:२० मा प्रकाशित