यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

दूरबिन नेपाल     १३ चैत्र २०७५, बुधबार ११:३३    

Anil Baral Real Estate

संयुक्त राष्ट्रसंघ, १३ चैत  – यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ ।  किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो ।

यस आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको करिब आधा घण्टा पछि सो हवाई आक्रमण भएको जनाइएको छ ।  उक्त समयमा कैयौं बिरामी र कर्मचारी अस्पताल पसिरमा आइपुगेका थिए । मारिएकाहरुका एक स्वास्थ्य कार्यकर्ता, उनका दुई बालबालिका र एक जना अस्पतालका सुरक्षा गार्ड रहेका छन् ।

गत वर्ष यमनमा हरेक महिना सरदर ३७ जना बालबालिका विदेशी हवाई बम आक्रमणमा मारिएका थिए ।  अस्पताल जस्तो जनघनत्व बढी भएको इलाकामा आक्रमण गरी निर्दोष बालबालिका र स्वास्थ्यकर्मीको ज्यान लिनु यो एक अविवेकी र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको सेफ द चिन्डेनको भनाई छ । इरानको समर्थन रहेको हुथी विद्रोहीले कब्जामा लिएको राजधानी साना सन् २०१४ मा फिर्ता लिएपछि यमनको द्वन्द्व शुरु भएको थियो । हुथी विद्रोहीले अदेल रब्बो मन्सुर हादीको सरकारलाई ढालेको थियो ।

साउदी अरबियाआवद्ध संयुक्त सेनाले हादीको सरकारलाई अन्तर्राष्ट्रिय रुपमा नै मान्यता दिएपछि हुथी विद्रोहीहरुले सन् २०१५ बाट सरकार विरुद्ध लड्दै आएका छन् ।

(रासस /एपी)
––


१३ चैत्र २०७५, बुधबार ११:३३ मा प्रकाशित