अमेरिकामा टीपीएसको फारम भर्न छुटेकालाई ‘अधिकार’ ले नि : शुल्क सहयोग गर्ने, भ्रममा नपर्न र पीर नगर्न आग्रह

दूरबिन नेपाल     १५ चैत्र २०७५, शुक्रबार ०२:४०    

Anil Baral Real Estate

न्युयोर्क । टेम्पोररी प्रोक्टेटेड स्टाटस ( टीपीएस ) नविकरण फारम भर्न छुटेका नेपालीहरूलाई न्युयोर्कमा क्रियाशील सस्था ‘अधिकार’ ले निःशुल्क सहयोग गर्ने भएको छ । 

 

अधिकारले आफ्नो फेसबुक पेजमा सुचना जारी गर्दै पहिलो दुई बर्ष टीपीएस फारम भरेका तर पछिल्लो बर्ष नभरेकाहरूले पुन फारम भर्न पाउने भन्दै उनीहरूको सहयोगका लागि अप्रिल २६ तारिक कानुनी सहायता क्लिनिक आयोजना गर्ने जनाएको हो । 

 

महत्वपुर्ण सुचना भन्दै स्टाटसमा भनिएको छ, ‘ तपाइहरु जसजसले पहिला दुइ बर्ष टीपीएस लगातार भर्नु भयो अनि गएको बर्ष अब टीपीएस नपाउने भने पछि  छाड्नु भयो । त्यस्तो हो भने  तपाइहरुले फेरी टीपीएस भर्न पाउनु हुनेछ ।’ 

 

सुचनामा अगाडि भनिएको छ, ‘ त्यसको लागि हामीले अप्रिल २६ मा अधिकारको अफिसमा टीपीएस लिगल क्लिनिक गर्दै छौ, नाम लेखाउनु होला ।’ 

 

अधिकारले धेरै व्यक्ति भ्रममा परेको भन्दै पिर नमान्न पनि अपिल गरेको छ । ‘ धेरै मान्छे हरु भ्रम मा परिरहनु भएको छ पिर नगर्नु होला टीपिए स्वत लम्बि सकेको छ । कृपया बिशेष गरि लिभइनमा काम गर्नु हुने हरु र लेख पढ नभएका दाजु भाइ दिदी बहिनीहरु सँग यो सुचना सेयर गरि दिनु होला ।यो  पनि सेवा हो अनि सेवा नै धर्म हो । हाम्रो सामुहिक सेवा र शक्तिले अस्थायी भए पनि  न्याय पाएका छौ नि ।’ 

 

अधिकारकी अभियान्ता नर्मदा क्षेत्रीका अनुसार अप्रिल २६ तारिकको कानुनी सहायता क्लिनिक न्युयोर्क राज्यमा बसोबास गर्ने नेपालीहरूका लागि मात्र हुने छ । ‘अप्रिल २६ को कानुनी सहायता क्लिनिक न्युयोर्कमा बस्नेहरूका लागि मात्र हो, अरू राज्यहरूमा हामी अवस्था हेरेर त्यही पुगि कानुनी सहायता क्लिनिक सन्चालन गर्न सक्छौ, त्यसका लागि वकिलहरूको कार्यक्षेत्र हेरेर मात्र गर्नु पर्ने हुन्छ ।’

 

यसै बीच अमेरिकको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गतको युएससीआइएसले औपचारिक सूचना जारी गर्दै टीपीएस खारेजी सम्बन्धी निर्णयका विरुद्ध अदालतमा मुद्धा चलिरहेकोले अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि नेपाल र होण्डुरसको टीपीएस खारेजी सम्बन्धी निर्णय कार्यान्वयन नगर्न भनिएको छ । 

 

नेपाल र होण्डुरसको टीपीएस सुविधा तत्कालै खारेज नगरियोस भन्दै भट्टराई र नेल्सनको नामबाट अदालतमा रिट परेको थियो । सोही रिटमाथी सुनुवाई गर्दै अदालतले मुद्धाको फैसला नभइञ्जेलसम्मका लागि टीपीएस खारेजीको निर्णयमाथी तत्कालका लागि रोक लगाएको हो । 

 

नेपालमा सन २०१५ को अप्रिलमा भुकम्प गएपछि सन २०१५ जुन २४ देखि नेपालीलाई टीपीएस सुविधा दिदै आएकोे थियो । नेपालमा भुकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको थियो । अमेरिकामा झण्डै नौ हजार नेपालीले टीपीएस सुविधा लिदै आएका छन् । 

फोटो : अधिकार


१५ चैत्र २०७५, शुक्रबार ०२:४० मा प्रकाशित