विप्लव समुहमा संलग्न रहेको आरोपमा  विद्यालयका प्रधानाध्यापक  पक्राउ

दूरबिन नेपाल     १५ चैत्र २०७५, शुक्रबार १३:३३    

Anil Baral Real Estate

तौलिहवा, १५ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहनूभएका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादेवी गाउँपालिका–५ स्थित उहाँकै घरबाट पक्राउ गरिएको हो । चौहानउपर सार्वजनिक हित सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिनुभयो । यसअघि विप्लव समूहमा आबद्ध तीन जनालाई पक्राउ गरिएको थियो ।


१५ चैत्र २०७५, शुक्रबार १३:३३ मा प्रकाशित