संयुक्त राष्ट्रसंघले चाहेमा नेपाल १० हजार बढी सेना दिन तयार छ : उपप्रधानमन्त्री पोखरेल

बद्री गौतम - दूरबिन नेपाल     १६ चैत्र २०७५, शनिबार ०२:४९    

Anil Baral Real Estate

बद्री गौतमदूरबिन नेपाल 

 

न्युयोर्क, मार्च २९ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संयुक्त राष्ट्रसंघले मागेमा नेपालले दश हजार भन्दा धेरै सेना सहयोग गर्न तयार रहेको बताएका छन । 

 

संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सम्बन्धी मन्त्री स्तरीय सम्मेलनलाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै, पोखरेलले शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघ सँग ६१ बर्ष देखि सहकार्य हुँदै आएको र यसलाई अझै उचाईमा पुर्याउन नेपाल तयार रहेको बताए । 

 

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले शान्ति स्थापनाको उपलव्धीलाई अझै स्तरोन्नती गर्न नेपालले तालिम, प्रशासनिक तथा अन्य भौतिक सेवा दिन तयार रहेको प्रतित्रद्धता व्यक्त गर्दै नेपालले संयुक्त राष्ट्रसंघको लक्ष्य अनुरुप काम गर्न सफल भएको दावी गरे ।

संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका हुन । पोखरेल शनिवार नेपाली समुदायले आयोजना गर्ने केहि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

फोटो : संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग


१६ चैत्र २०७५, शनिबार ०२:४९ मा प्रकाशित