ठक्करबाट पैदलयात्रीको मृत्यु

दूरबिन नेपाल     ४ आश्विन २०७६, शनिबार १४:१२    

Anil Baral Real Estate

राँझा, ४ असोज : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले जानकारी दिनुभयो । मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

रासस


४ आश्विन २०७६, शनिबार १४:१२ मा प्रकाशित