एनआरएनए अमेरिकाले निकाल्यो नेपाल जाने प्रतिनिधिको तेश्रो सुची टेक्सास राज्यबाट सबै भन्दा बढी ६८ मध्य १७ प्रतिनिधि

अमेरिका, २६ सेप्टेम्बर। एनआरएनए अमेरिकाले अन्तरास्ट्रिय समन्वय समितिमा भाग लिन जाने प्रतिनिधिको तेश्रो सुची प्रकाशन गरेको छ। एनआरएनए अमेरिकाले जम्मा १ सय ६८ प्रतिनिधि पठाउन पाउने पहिलो र दोश्रो सुचिमा निकालिएका १ सय २० मध्य १ सयले प्रतिनिधि शुल्क तिरेको हुँदा तेस्रो सुचिमा ६८ जनाको नाम प्रकाशन गरिएको छ ।
सुचिमा टेक्सासबाट सबै भन्दा बढी १७ जना, दोश्रोमा न्युयोर्कबाट १३ जना तथा क्यालिफोर्निया र मेरिल्याण्डबाट ६-६ जनाको नाम समावेश गरिएको छ ।
एनआरएनए अमेरिकामा रहेका ८ हजार ८ सय हाराहारी सदस्य संख्यामा न्योयोर्क च्याप्टरमा सबै भन्दा बढि २२३९ सदस्य रहेका छन् । त्यसै गरी टेक्ससमा १७८० , मेरिल्याण्डमा ८०१ र क्यालिफोर्निया राज्यमा ७३१ सदस्य रहेका छन्। सदस्य संख्या र प्रतिनिधि संख्या अनुपातको आधारमा टेक्सास राज्य भाग्यमानी देखिएको छ ।
ICC Delegates 3rd list
ICC Delegates 3rd list
एनआरएनए अमेरिका रहेका सदस्यहरु राज्य अनुसार ;
१० आश्विन २०७६, शुक्रबार ०२:३६ मा प्रकाशित