गोर्खा अमेरिका सम्पर्क समितिको दशैं तिहार शुभकामना कार्यक्रम

दूरबिन नेपाल     ११ आश्विन २०७६, शनिबार १८:२७    

Anil Baral Real Estate
अमेरिका, सेप्टम्वर २८ । गोरखा  अमेरिका सम्पर्क समिति अमेरिकाले दशैं तथा तिहारको अवसरमा शुभ कामना आदन प्रदान कार्यक्रम आयोना गर्ने भएको छ ।
समितिले सेप्टेम्बर २९ आइतवार जाइकुइ भारत-पाकिस्तान काउन्सिल हर्कुलिसमा कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।  समितिका अध्यक्ष विश्व भट्टका अनुसार कार्यक्रममा कविता,गजल,गीत, प्रहसन सहित अन्य रोचक  साहित्यिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । परदेशि भुमिमा रहेर पनि मातृभूमि नेपाल नै पुगेर  दशैं मनाएको अनुभुति गराउन साे कार्यक्रम आयोजना गरिन लागिएको संयोजक के पी ढकालले बताए ।
अमेरिकामा रहेका सक्रिय युवाहरुले झण्डै एक वर्ष पहिले स्थापना  गरेको  यस संस्थाले हरेक बर्ष दशै तिहार लगाएतका नेपाली चाडहरुमा बिभिन्न कार्यक्रम गर्ने लक्ष्य राखेकाे याेजकहरुले बताएका छन्। कार्यक्रममा उपस्थित हुन आयाेजक संस्थाले बे एरियामा रहेका सबै नेपालीहरुलाई आह्वान गरेकाे छ ।


११ आश्विन २०७६, शनिबार १८:२७ मा प्रकाशित