अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए वासिङ्टन

दूरबिन नेपाल     १२ आश्विन २०७६, आईतवार १३:५६    

Anil Baral Real Estate

वासिङ्टन, १२ असोज : अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।  

 
जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।  

 
ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् ।  

 
बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ ।  

 
छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर हरेको अधिकारीहरुले जनाएका छन् ।  

 
छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ ।  

 
छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।  

(रासस-सिन्ह्वा)


१२ आश्विन २०७६, आईतवार १३:५६ मा प्रकाशित